Like us!
Follow us!
Connect us!
Watch us!

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

अर्थ संसार

सोमबार, ०१ असोज २०८०, ०८ : ५८ मा प्रकाशित

आइएमई पेले ल्यायो अल्टिमा अनलाईन मेलामा एकको डबल अफर

 नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले असोज ३ र ४ गते सञ्चालन हुने अल्टिमा अनलाईन मेलामा “एकको डबल” अफर सार्वजनिक गरेको छ।

अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरलाई लक्षित गर्दै सन्चालन गर्ने“अल्टिमा अनलाईन मेला” मा ( बिहान ९ देखी ११ सम्म र साझ ६ बजे देखी राती ८ बजे सम्म एउटा अल्टिमा atom 520 वा अल्टिमा atom 320 earbuds खरिद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।

साथै अन्य अल्टिमाका नबमनभतक हरुमा आइएमई पे मार्फत भुक्तानी गर्दा २५५ छुट प्राप्त हुनेछ।

अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाई सम्म लैजान तथा ग्राहक वर्गलाई डिजिटल कारोबार गर्नलाई थप प्रोत्साहन गर्न यो अफर ल्याइएको जानकारी आइएमई पेका सीइओ प्रविन रेग्मीले दिएका छन् ।

यस मोबाइल वालेटमा ब्याज तथा विभिन्न क्यास ब्याकको सुविधा पनि उपलब्ध छ। आइएमई डिजिटल सोलुसन लिमिटेडले बैंकिङ सुविधाबाट वञ्चित नेपाली तथा न्यून बैंकिङ सुविधा प्राप्त सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पुर्याउने लक्ष्य लिएको छ। २० लाखभन्दा बढी ग्राहकहरूलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरू मार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्न सफल छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको