Like us!
Follow us!
Connect us!
Watch us!

प्रभु बैंकले आजदेखि संस्थापक सेयर लिलामी बिक्री गर्दै

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १० : ५३ मा प्रकाशित

प्रभु बैंकले आजदेखि संस्थापक सेयर लिलामी बिक्री गर्दै

प्रभु बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो । 

संस्थापक सेयरको प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । यसमा लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी जनाउन सक्नेछन् । यसमा बैंकका संस्थापक सेयरधनी, व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । यसमा आवेदकले २५ असोजसम्म आवेदन दिन सकिनेछ ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको