प्रभु बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले बैंकका सेयरधनीको नाममा रहेको ९ लाख ४७ हजार २७३ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको मूल्य भने तोकेको छैन ।
यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले फागुन २२ गतेदेखि ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।
उक्त समयमा सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस