Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

अर्थ संसार

आइतबार, १७ असोज २०७८, ११ : १४ मा प्रकाशित

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक

कुमारी क्यापिटलको उत्सवलाई महाउत्सव बनाउने योजना सार्वजनिक गरेको छ ।

पूँजी बजार भन्दा बाहिर रहेका नयाँ लगानीकर्ताहरुलाई हितग्राहीखाताको पहुँच वृद्धि हुने विश्वासका साथ यस योजना ल्याइएको हो । साथै डिम्याट खाता सम्बन्धि समस्याहरुबाट गुज्रिरहेका खातावालाहरुलाई समेत यो योजनाले लाभान्वित हुने अपेक्षा क्यापिटलले गरेको छ । 

साथै, क्यापिटलले उत्सबलाई महाउत्सव बनाउनका लागि ग्राहकवर्गहरुमा विभिन्न योजनाहरु लागु समेत गरेको छ ।

जसमध्येका योजनाहरु यस प्रकार रहेका छन् :

१. नेपाल सरकारको “एक नेपाली एक डिम्याट खाता” अभियान अन्तर्गत निशुल्क हितग्राही खाता खोल्न सकिनेछ । खाता खोल्नका लागि Online मार्फत (Website (http://online.kumaricapital.com:8010) निवेदन दिन सकिनेछ तथा कुमारी बैंक लिमिटेडका सम्पुर्ण शाखा कार्यालयहरु र कुमारी क्यापिटल लिमिटेडबाट खाता खोल्न सकिने ।

२. निशुल्क लगानी परामर्श ।

३. खाता खोल्ने ग्राहकवर्गलाई पोर्टफोलियो म्यानेजमेन्ट सेवामा वार्षिक शुल्कमा २५ प्रतिशत छुट प्रदान गरिने ।

४. आफुसँग भएको पोर्टफोलियो लाई निशुल्क Restructuring / Rebalancing सेवा प्रदान गरिने ।

५. आफुसँग भएको भौतिक शेयरहरु लाई तुरुन्त डिम्याट खातामा ल्याउने व्यवस्था गरिने ।

६. खाता सम्बन्धी समस्याहरु परेमा ग्राहकहरुले हाम्रो हट लाईन (०१ ५९७००८२) मा फोन गरि समस्याको यथासिघ्र निराकरण गरिने ।

कुमारी क्यापिटलमा डिम्याट खाता खोली आफुसँग भएको सानो सानो पूँजीलाई लगानी गरी पूँजी निर्माण (Capital Formation) गर्ने बानी बसाली भोलिको गर्जो टार्न सक्ने पथमा अग्रसर हुनको लागि क्यापिटलले सबैमा अपिल समेत गरेको छ ।     

आजको सानो लगानी भोलिको सुनौलो बिहानी बन्ने भन्दै क्यापिटलले ल्याएका योजनाको समयमा नै फाइदा उठाउन समेत अनुरोध गरेको छ । यस योजना सिमित अवधिको लागि मात्र रहेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको