Like us!
Follow us!
Connect us!
Watch us!

कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने समय थप

अर्थ संसार

सोमबार, १३ चैत्र २०७९, ०७ : ५६ मा प्रकाशित

कुमारी सुनौलो लगानी योजनामा आवेदन दिने समय थप

कुमारी क्यापिटल लिमिटेडले चैत ९ गतेदेखि बिक्री खुल्ला गरेको  ‘कुमारी सुनौलो लगानी योजना’ नामक नयाँ म्युचुअल फण्डको समय थप गरेको छ । अब यस फण्डमा चैत्र २३ सम्म आवेदन दिन सकिनेछ। फण्डले छिटोमा चैत्र १३ भनेकोमा माग अनुसार आवेदन नपरेपछि समय थप गरेको हो। क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ । 

याे खुलामुखी याेजना हाे ।

क्यापिटलले कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई मूल्य १० रुपैयाँ दरको ५० करोड रुपैयाँ बराबरको कुल ५ करोड इकाईहरु निष्कासन गर्न लागेको हो । जसमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक कुमारी बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । त्यसपछी बाँकी रहेको ३ करोड ५० लाख इकाईमध्ये पहिलो चरणमा सर्वसाधारणका लागि ५ करोड इकाई बिक्री गरिनेछ ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

कहिलेसम्म दिने आवेदन ?

चैत ९ गतेदेखि निष्कासन हुने याे फण्डमा  चैत्र २३ गतेसम्म आवेदन दिन सक्नेछन् ।क्यापिटलले थप गरिएको समय अगावै मागभन्दा बढी आवेदन परेमा बन्द गरिने पनि जनाएको छ ।

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम कुमारी क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको