Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

अर्थ संसार

आइतबार, १७ असोज २०७८, १६ : १० मा प्रकाशित

सिटिजन्स बैंकको ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ओम्नी च्यानलमा आधारित डिजिटल बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । बैंकले आफ्ना बैंकिङ्ग सेवाहरु मोबाइल फोन वा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी यो सेवाको सुरुवात गरेको हो । 

हालको मोबाइल बैंकिङ्ग एपलाई स्तरोन्नती गर्दै बैंकले सिटिजन्स बैकमा खाता भएका एवं नभएका ग्राहकहरुलाई समेत लक्षित गर्दै बिना चेक इ क्यास पठाउने, रकम जम्मा गर्न अघि इ भौचर प्रयोग गर्ने, बैंकमा अपोइन्टमेन्ट लिने लगायतका सुविधा थप गरेको छ । यसका साथै ग्राहकहरुले मुद्दति खाता खोल्ने, रेमिटेन्स पठाउने, खाताको बिबरण हेर्ने, रकमान्तर गर्ने, अनलाइन भुक्तानी गर्ने,  क्यूआर कोड मार्फत भुक्तानी गर्ने लगायतका उपयोगी सेवा प्राप्त गर्न सक्नेछन् । यस स्तरोन्नत्ती संगै अब बैंकका ग्राहकहरुले बैंकमा नगई मोवाईल वा कम्प्यूटरका माध्यमबाट घरमै बसिबसि बिभिन्न बैंकिङ्ग सेवाहरु सहज रुपमा प्राप्त गर्न सक्ने विश्वास बैंकले लिएको छ । 

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको