Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप र चितवन प्याराडाईज होटलमा आर्कषक छुट

अर्थ संसार

सोमबार, १८ असोज २०७८, १६ : २१ मा प्रकाशित

गरिमा विकास बैंकका ग्राहकलाई सिद्धार्थ बिजनेस ग्रुप र चितवन प्याराडाईज होटलमा आर्कषक छुट

सफल व्यवसाय विस्तार गर्दै अघि बढिरहेको ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र पर्यटकिय गन्तव्य चितवनमा अवस्थित आकर्षक ‘चितवन प्याराडाईज होटल’ सँग गरिमा विकास बैंकले उनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधामा आकर्षक छुटको लागि सम्झौता गरेको छ ।

बैंकद्घारा जारी विज्ञप्ति अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ्ग प्रयोगकर्ताहरुले ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’ को शाखाहरुबाट बिल भुक्तानी गर्दा रुम र फुड एण्ड वेभरेजमा आकर्षक छुट पाउन सक्नेछन् । 

गरिमा विकास बैंकले आफ्ना ग्राहकहरुको थप सुविधाको लागि विभिन्न हस्पिटालिटी सेक्टर, हेल्थ सेक्टर र अन्य सेक्टरहरुसँग छुट सम्बन्धी सम्झौता गर्दै आईरहेको र यसलाई भविष्यमा पनि प्राथमिकताको साथ निरन्तरता दिने कुरा जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको