Like us!
Follow us!
Connect us!
Watch us!

गरिमा विकास बैंकको साधारणसभा आज पोखरामा, लाभांश सहित लोगो परिवर्तन गर्ने प्रस्ताव

अर्थ संसार

विहीबार, २७ कार्तिक २०८२, ०७ : ४१ मा प्रकाशित

गरिमा विकास बैंकको साधारणसभा आज पोखरामा, लाभांश सहित लोगो परिवर्तन गर्ने प्रस्ताव

गरिमा विकास बैंक लिमिटेडले आज कार्तिक २७ गते आफ्नो साधारणसभा सम्पन्न गर्दैछ। बैंकको साधारणसभा पोखरास्थित होटल पोखरा ग्राण्डमा बिहानदेखि सुरु भएको हो।

उक्त सभामा आर्थिक वर्ष २०८१/८२ को नाफाबाट बोनस र नगद लाभांशसहितका विविध प्रस्तावहरू पेश गरिएका छन्। बैंकले हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ४.५३ प्रतिशत नगद लाभांश गरी कुल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। साधारणसभाले स्वीकृति दिएपछि सेयरधनीहरूले यो लाभांश प्राप्त गर्नेछन्।

साधारणसभा प्रयोजनका लागि बैंकले कार्तिक १८ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, कार्तिक १७ गतेसम्म नामावलीमा दर्ता भएका सेयरधनी मात्र सभामा सहभागी हुन र लाभांश पाउन योग्य भएका छन्।

सामान्य प्रस्ताव अन्तर्गत बैंकले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय विवरण स्वीकृत गर्ने र आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव प्रस्तुत गरेको छ।

विशेष प्रस्ताव अन्तर्गत बैंकले आफ्नो केन्द्रीय कार्यालय लाजिम्पाटबाट बालुवाटारमा सार्ने निर्णय गर्ने तयारी गरेको छ। साथै, बैंकको छाप र लोगो परिवर्तन गर्ने प्रस्ताव पनि सभामा पेश गरिएको छ।

त्यसबाहेक, संचालक समितिका सदस्यहरूलाई प्रदान गरिने बैठक भत्ता, टेलिफोन, इन्टरनेट र पत्रपत्रिका खर्चमा वृद्धि गर्ने प्रस्ताव पनि सभाको एजेन्डामा समावेश गरिएको छ।

गरिमा विकास बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग सम्भावित गाभ्ने (Merger) वा प्राप्ति (Acquisition) प्रक्रिया अघि बढाउन सम्पूर्ण अधिकार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि ल्याएको छ। यसका लागि समितिलाई सहमति–पत्र (MOU) हस्ताक्षर गर्न, सम्पत्ति र दायित्व मूल्यांकनका लागि लेखापरीक्षक नियुक्त गर्न, मूल्यांकन प्रतिवेदन तयार गर्न तथा नियमनकारी निकायहरूबाट आवश्यक स्वीकृति लिन सक्ने अधिकार प्रदान गरिनेछ।

यसैगरी, बोनस सेयर वितरण, अधिकृत पूँजी वृद्धि, केन्द्रीय कार्यालय स्थानान्तरण, लोगो परिवर्तन तथा अन्य प्रावधानसम्बन्धी प्रस्ताव पारित भए अनुसार बैंकको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने तयारी पनि सभामा गरिएको छ।

नियमनकारी निकायहरूको निर्देशन अनुसार कुनै परिवर्तन, शर्त वा संशोधन आवश्यक परेमा त्यसका लागि पनि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव प्रस्तुत गरिएको छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको