Like us!
Follow us!
Connect us!
Watch us!

बेँसीसहरमा चोरको विगविगी, एकैरातमा तीन ठाउँमा चोरी

मंगलबार, ३० जेठ २०७४, १५ : ५२ मा प्रकाशित

बेँसीसहरमा चोरको विगविगी, एकैरातमा तीन ठाउँमा चोरी

अर्थ संसार, लमजुङ (बेँसीसहर)– सदरमुकाम बेँसीसहरमा एकैरातमा तीन स्थानमा चोरी भएको छ । केही साताअघिमात्रै बजारमा जडान गरिएका सिसी क्यामेरा समेत छलेर चोरी भएको हो । 

बेँसीसहर–२, भकुण्डेस्थित अभिषेक किराना पसलबाट रु पाँच हजार ५००, रु तीन हजार ५०० बराबरको एनटिसी र एनसेलको रिचार्ड कार्ड, सूर्य चुरोट एक बन्डल र एउटा कोरियन झोला गरी करिब रु १२ हजार बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ । 

त्यसैगरी बेँसीसहर–२ चालिसेस्थित राजेश अधिकारीको घरबाट आधा तोलाको सुनको जन्तर र चार तोला बराबरको चाँदीको सिक्री र पाउजु चोरी भएको छ । घरमा कोही नभएको मौका पारी ढोका फोरेर चोरी भएको बताइएको छ । 

त्यसैगरी बेँसीसहर–७ गैरीधारास्थित खड्क गुरुङको अनटेस्ट पल्सर बाइक चोरी भएको छ । घरमै राखिएको नयाँ मोटरसाइकल रातिको समयमा चोरी भएको हो । चोरीमा संलग्नहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक समीरचन्द्र खरेलले बताउनुभयो । रासस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको