Like us!
Follow us!
Connect us!
Watch us!

‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनी पैसा ठग्ने धन्दा बढ्याे

अर्थ संसार

बुधबार, २० असोज २०७८, १३ : ३८ मा प्रकाशित

‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनी पैसा ठग्ने धन्दा बढ्याे

चिठ्ठा परेको भन्दै अनलाइनमार्फत लाखौं रुपैयाँ ठगी गर्ने एक युवकलाई सिरहा प्रहरीले पक्राउ गरेको छ । ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने धन्दामा संलग्न रहेको आरोपमा प्रहरीले सिरहा नगरपालिका–८ का ३४ वर्षीय दीपेन्द्र दासलाई पक्राउ गरेको हो ।

दासले इमो, भाइबर, ह्वाट्सएप तथा म्यासेन्जर जस्ता विभिन्न सामाजिक सञ्जालबाट सम्पर्क गर्दै ‘लक्की ड्र’ मार्फत चिठ्ठा परेको भनेर पैसा ठग्ने गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।

चिठ्ठा परेको सामग्री तथा पैसा भन्सारबाट छुटाउन कर लाग्छ भन्दै बैंकको खाता नम्बर दिई आठ लाख ६५ हजार रकम जम्मा गर्न लगाई ठगी गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार महुमुल्य सामान तथा नगद चिठ्ठा परेको भन्दै ठगी गर्ने घटना अत्यधिक बढेका छन् । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको