Like us!
Follow us!
Connect us!
Watch us!

माया, धोका र लटरीको लूट: ३० करोडको पुरस्कार जितेपछि क्यानडाली युवकको जिन्दगीमा भयानक मोड

अर्थ संसार

आइतबार, १८ जेठ २०८२, १४ : ०८ मा प्रकाशित

माया, धोका र लटरीको लूट: ३० करोडको पुरस्कार जितेपछि क्यानडाली युवकको जिन्दगीमा भयानक मोड

एक क्यानडाली युवकले करिब ₹३० करोड (क्यानाडियन डलर ५० लाख) को लटरी जितेपछि आफूलाई भाग्यमानी ठानेका थिए। प्रेमिकासँग त्यो रकम बाँड्ने सपना देखिरहेका विनिपेग निवासी लरेन्स क्याम्पबेलको जिन्दगीमा भने त्यो सपना एकाएक दुःस्वप्नमा परिणत भयो — प्रेममा धोका, पैसा हरायो, अनि अन्त्यमा मुटु दुख्ने घटना मात्र बाँकी रह्यो।

CTV News को रिपोर्ट अनुसार, लरेन्ससँग वैध पहिचान प्रमाणपत्र नभएको कारण उनले आफैंले पुरस्कार दाबी गर्न सकेनन्। त्यसपछि लटरी निकायका एक अधिकारीको सुझावमा उनले आफ्नो प्रेमिका क्रिस्टल एन म्याककेलाई पुरस्कार दाबी गरिदिन भने।

त्यतिबेला उनीहरु एकसाथ बसिरहेका थिए, र डेढ वर्षभन्दा बढी समयदेखि प्रेम सम्बन्धमा थिए। लरेन्सका अनुसार उनीहरुले सार्वजनिक रूपमा ठूलो चेक लिएर फोटो खिचे, भिडियो बनाए, र उनले सो पुरस्कार क्रिस्टलको जन्मदिनको उपहारका रूपमा दिएका थिए।

तर, केही दिनपछि सबैकुरा बदलियो।

जसै क्रिस्टलको खातामा पैसा जम्मा भयो, उनले सम्पर्कविहीन बनिन्। फोन, म्यासेज, सबै ब्लक गरिन्। सामाजिक सञ्जालमा पनि सम्पर्क टुट्यो। लरेन्सका वकिलका अनुसार, क्रिस्टलले पछि त लरेन्सविरुद्ध सुरक्षा आदेशसमेत लिइन्।

अझ चोखो घाउ त्यतिबेला लाग्यो, जब लरेन्सले उनलाई अर्को पुरुषसँग "ओछ्यानमा भेटे"।

कानुनी लडाइँ सुरू

लरेन्सले अब म्यानिटोबाको "कोर्ट अफ किङ्स बेन्च" मा मुद्दा दायर गरेका छन्। उनले वेस्टर्न क्यानडा लटरी कर्पोरेशन (WCLC) र म्यानिटोबा लिकर एन्ड लटरीजलाई पनि मुद्दामा नाम दिएका छन्।

उनको आरोप छ — ती संस्थाहरूले गलत सल्लाह दिए, र अरू कसैमार्फत पुरस्कार दाबी गर्दा हुन सक्ने जोखिमबारे चेतावनी नै दिएनन्।

उनका वकिल भन्छन्, "यो मुद्दा केवल व्यक्तिगत धोका होइन, सिस्टमले पनि यस्तो अवस्थालाई जन्म दिएको वा झन् झिल्काएको हो।"

यसैबीच, क्रिस्टलले आफूमाथि लागेको सबै आरोप अस्वीकार गरेकी छिन्।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको