Like us!
Follow us!
Connect us!
Watch us!

मध्य भोटेकोशीको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

शुक्रबार, २२ असोज २०७८, १५ : ४८ मा प्रकाशित

मध्य भोटेकोशीको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा लगानीकर्ताहरूकाे आकर्षक आवेदन परिरहेकाे छ । 

निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार शुक्रबार दिउँसाे ३ बजेसम्म १५ लाख ६२ हजार १ सय ८० जना आवेदकहरूले २ कराेड ३५ लाख ९२ हजार २ सय ९० कित्ताका लागि आवेदन दिएका छन् । 

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले सम्पूर्ण लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको