Like us!
Follow us!
Connect us!
Watch us!

पत्रकारिता पेशा बदनाम गर्न खोज्नेलाई कारवाही गर्ने संघको चेतावनी

अर्थ संसार

शनिबार, २३ असोज २०७८, १६ : २४ मा प्रकाशित

पत्रकारिता पेशा बदनाम गर्न खोज्नेलाई कारवाही गर्ने संघको चेतावनी

सप्तरीका केही मिडिया हाउसले जथाभावी रुपमा रिपोर्टरको नाममा ‘प्रेस’ कार्ड वितरण गरेको कार्यप्रति नेपाल पत्रकार महासंघ शाखा सप्तरीले ध्यानाकर्षण जनाएको छ ।

महासंघले शनिबार सूचना जारी गर्दै ती कार्डधारी व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग्दै आएको उल्लेख गरेको छ । महासंघका अध्यक्ष श्रवणकुमार देवले जारी गरेको सूचनामा यस्ता कार्यले यहाँका पत्रकारितालाई बदनाम गर्ने कार्य भइरहेको भन्दै त्यस्ता मिडिया हाउस र व्यक्तिलाई सचेत गराएका छन् ।

यस्ता कार्य दोहोरिएको पाइए कारवाहीका लागि सम्बन्धित निकाय पत्रकार महासंघ जाने र त्यसपछि उत्पन्न हुने परिस्थितिको जिम्मेवारी मिडिया हाउस र कार्डधारी व्यक्ति हुने सूचनामा उल्लेख गरिएको छ ।

‘पत्रकारिता क्षेत्रमा सप्तरी जिल्लाले आफ्नो छुट्टै इतिहास बनाएको छ । समाजसेवालाई अग्रपंक्तिमा राखी समाज, जिल्ला र देशको हितलाई ध्यानमा दिई सप्तरीका पत्रकारहरूले कलम चलाउँदै आएका छन्,' सूचनामा भनिएको छ, 'पछिल्लो समयमा जिल्लामा खुलेका केही नयाँ अनलाइनले जथाभावी तरिकाले रिपोर्टरको नाममा केही व्यक्तिलाई ‘प्रेस’ कार्ड वितरण गरेको र ती कार्डधारी व्यक्तिले पत्रकार भन्दै विभिन्न ठाउँमा रकम माग गरिरहेको सूचना प्राप्त भएकाले यो सूचना निकाल्न बाध्य भएका छौं । यस्तो गतिविधि तत्काल नरोके कारवाही हुन्छ।`

एक त अनलाइन सञ्चालन गर्ने व्यक्ति आफैं समाचार सामग्री उत्पादन गर्नुको साटो कपी पेष्ट गर्ने र त्यसमा कहिले पनि पत्रकारिताको ‘प’ समेत नबुझेका व्यक्तिलाई कार्ड दिएर रकम असुलीको प्रयासमा लगाउने कार्यले यहाँको पत्रकारितालाई बदनाम गर्दै आएकोले सूचनामार्फत सचेत गराएको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको