Like us!
Follow us!
Connect us!
Watch us!

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि...

अर्थ संसार

सोमबार, २० भदौ २०७९, ११ : २६ मा प्रकाशित

समाचार पढ्दा पढ्दै मुखभित्र झिंगा पसेपछि...

तपाइँ टेलिभिजन प्रसारणमा लाइभ हुनुहुन्छ भने तपाइँलाई हुन सक्ने सबैभन्दा खराब कुरा के हो ? अचानक आउने खोकी, हाँच्छ्यु इत्यादि । तर, क्यानाडाको ग्लोबल न्युजकी एक समाचार बाचिकाका लागि भने अनौठो समस्या परेको छ । फराह नासेरले समाचार भन्दा भन्दै मुखमा परेको झिंगो उनले निलेकी छिन् ।

भिडियोमा समाचार बाचिकाले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । झिंगो निल्नु परेकोमा आफूलाई हासो लागेको उनले बताएकी छिन् । उनले अगस्टको सुरुमा ओन्टारियोका प्रिमियर डग फोर्डले  जनतालाई सम्बोधन गर्ने क्रममा झिंगा निलेको प्रसंगलाई पनि उल्लेख गरेकी छिन् ।

ट्वीटरमा सेयर गरिएको भिडियोमा टोर्नोटोकी पत्रकारले लेखेकी छिन्, ‘हामी सबैलाई आजकल हाँस्न आवश्यक छ । यो डग फोर्ड मात्र होइन, मैले आज लाइभ प्रसारणमै झिंगा निले । ’ उनले हालै पाकिस्तानमा आएको बाढी र त्यसले पुर्याएको क्षतिबारे समाचार बाचन गरिरहँदा मुखभित्र झिंगा पसेको थियो । झिंगा निल्दा उनलाई असहज महसुस भएको थियो ।

उक्त घटनाबारे एक अन्तर्वातमा उनले भनेकी छिन्, ‘मेरो घाँटीभित्र झिंगा छट्पट्याइ रहेको थियो । त्यसलाई निल्न मलाई असहज भएको थियो ।
 

Sharing because we all need a laugh these days. Turns out it's not just @fordnation, I swallowed a fly on air today.

(Very much a first world problem given the story I'm introducing). pic.twitter.com/Qx5YyAeQed

— Farah Nasser (@FarahNasser) August 29, 2022

63158db5dbb30.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको