Like us!
Follow us!
Connect us!
Watch us!

छुट्ला है ! मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम माैका

अर्थ संसार

सोमबार, २५ असोज २०७८, ०७ : १९ मा प्रकाशित

छुट्ला है ! मध्य भोटेकोशीको आईपीओमा आवेदन दिने आज अन्तिम माैका

मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले असाेज २० गते, बुधबारबाट सर्वसाधारणका लागि निष्कासन तथा बिक्री खुल्ला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (असाेज २५ गते, साेमबार) अन्तिम दिन रहेकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये, ५ प्रतिशत अर्थात् ४ लाख ५० हजार कित्ता सामुहीक लगानी कोष र ४ प्रतिशत अर्थात् ३ लाख ६० हजार कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ८१ लाख ९० हजार कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताहरूले यस आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे निष्कासन तथा बिक्री प्रबन्धककाे काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले सम्पूर्ण सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्थाहरू तथा मेरो सेयरमार्फत आईपीओ भर्न सक्नेछन् ।

निष्कासन तथा बिक्री प्रबन्धक ग्लाेबल आइएमई क्यापिटलका अनुसार आइतबार साँझ ५ बजेसम्म २० लाख ८८ हजार ३ सय ५० जना आवेदकहरूले ३ करोड ६ लाख ३३ हजार ५ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको