Like us!
Follow us!
Connect us!
Watch us!

बुढीगण्डकी आयोजना रोक्न अदालतमा मुद्दा

विहीबार, ०१ असार २०७४, १२ : ४० मा प्रकाशित

बुढीगण्डकी आयोजना रोक्न अदालतमा मुद्दा

अर्थ संसार, काठमाडौं– बुढीगण्डकी जलविद्युत आयोजना चाइना गेजुवा ग्रुप कम्पनी ( सिजिजिसी) लाई दिन नुहुने भन्दै सर्वाेच्च अदालतमा मुद्दा परेको छ ।

अधिवक्ता अनिस बास्तोलाले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय समेतलाई बिपक्षी बनाएर मुद्दा हालेका छन् । 

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले बुढीगण्डकी सिजिजिसीलाई निर्माण अनुमति दिने निर्णय गरेको थियो ।

यसअघि जेठ २१ गते भएको सुनुवाइमा सर्बोच्चकै अर्का न्यायाधिश अनिल कुमार सिन्हाले असार ४ गतेलाई पेशी तोक्दै सरकारी निर्णयको फाइल मगाउने आदेश दिएका थिए ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको