Like us!
Follow us!
Connect us!
Watch us!

अनलाईन कक्षा पढ्दा पढ्दै मोबाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अर्थ संसार

बुधबार, ०३ कार्तिक २०७८, १४ : ०३ मा प्रकाशित

अनलाईन कक्षा पढ्दा पढ्दै मोबाईल पड्कियो, ११ वर्षीय विद्यार्थीको जलेर मृत्यु

अनलाईन कक्षा लिने क्रममा भियतनामा एक बालकको मोबाईल फोन बिस्फोट हुँदा मृत्यु भएको छ । नेग्ही प्रान्तमा घरबाट अनलाईन कक्षा लिने क्रममा पाँच कक्षामा पढ्ने ११ वर्षीय बालकको मृत्यु भएको हो । 

उनले मोवाईल चार्ज गरेका कक्षा लिएका थिए । बिस्फोटलगत्तै बालकको शरीररमा आगो लागेको थियो । जलेर गम्भिर घाईते उनको उपचारका क्रममा मृत्यु भएको हो । 

उनको मृत्युबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरीले पड्किएको मोवाईल र चार्जर जाँच गर्ने भएको छ । मृत्युपछि स्थानीय शिक्षा अधिकारी ती बालकको घरमै पुगेका थिए । 

कोभिड संक्रमण बढेपछि भियतनाममा विद्यालयको पठनपाठन पुनः अनलाईनबाट हुन थालेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको