Like us!
Follow us!
Connect us!
Watch us!

नासा सेक्युरिटिजले ग्राहकहरुका लागि ल्यायो एआई च्याट बोट सँगै नौलो सुविधा

अर्थ संसार

मंगलबार, ३० असोज २०८०, १९ : ५१ मा प्रकाशित

नासा सेक्युरिटिजले ग्राहकहरुका लागि ल्यायो एआई च्याट बोट सँगै नौलो सुविधा

नेपाल धितोपत्र बोर्डबाट सेयर ब्रोकरको कार्य गर्न अनुमति पाएको नासा सेक्यूरिटीज कम्पनी लिमिटेडले ग्राहक र सर्वसाधारणका लागि नौलो सुविधाहरु सार्वजनिक गरेको छ । 

नासा सेक्यूरिटीजले आफ्नो वेवसाईटको साजसज्जामा परिवर्तन गरी एआई माध्यमबाट ग्राहकहरुको समस्या समाधान गर्न च्याटबटको पनि व्यवस्था गरेको छ । वेवसाईट खोल्नासाथ तल दायाँतर्फ च्याटबाट  संकेत देखिने र त्यसमा क्लिक गरी ग्राहकले आफ्नो चासो तथा समस्या राख्न सक्नेछन् । एआईको माध्यमबाट समस्या समाधान र प्रश्नको सही जवाफ प्राप्त नभएमा सोही च्याटबटले सर्पोट टिकट बनाई नासा सेक्यूरिटीजका सम्बन्धित विभागका कर्मचारी समक्ष समस्या र गुनासो राख्न सकिने विकल्प पनि छ । सो पश्चात् कर्मचारीहरुले तत्कालै समाधान गरि सोको जानकारी गराउने व्यवस्था मिलाइएको प्रबन्ध सञ्चालक मदन पौड्यालले बताए । 

नासाले यस वर्षको दशैंको शुरुवातसँगै खल्ती डिजिटल वालेटसँगको सहकार्यमा आफ्ना सम्पूर्ण ग्राहकहरुले एकमुष्ट रुपमा ९ सय ९० रुपैैयाँ तिरेर १० वर्षका लागि हितग्राही र मेरो सेयर खाता नविकरण गर्न सकिने सुविधा शुरु गरेको छ । खल्ती डिजिटल वालेट मार्फत् यसरी हितग्राही खाता नविकरण गरेमा रु. ९९० मात्र भुक्तानी गरी सो सुविधा प्राप्त गर्न सकिनेछ । यसका लागि खल्ती वालेटको एपमार्फत् डिम्याट र मेरो शेयर विकल्पमा गई नविकरण गर्नुपर्नेछ । 

नासाले आफ्नो वेवसाईट मार्फत नासा ट्रेडिङ स्कुल नामक Open Learning Platfom पनि ग्राहकहरुका लागि प्रस्तुत गरेको छ । वेवसाईटको मुख्य पृष्ठको पहिलो लहरमा रहेको यो लिंकमा गई सर्वसाधारणले रजिष्ट्रेशन गरी सेयर बजार र कारोबारबारे विविध जानकारीमूलक श्रव्य दृश्य सामाग्रीहरु निःशुल्क रुपमा हेरी ज्ञान प्राप्त गर्न सक्ने छन् ।
नासाले डिटिजल उपकरणहरुको स्तरोन्नति गरी सम्बन्धित निकायहरुबाट अनुमति प्राप्त गरी अनलाईन सर्टिफिकेशनसम्मको सुविधा दिने योजना बनाएको सञ्चालक  पौैड्यालले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको