Like us!
Follow us!
Connect us!
Watch us!

नबिल बैंकको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

अर्थ संसार

विहीबार, ०४ कार्तिक २०७८, ०८ : १९ मा प्रकाशित

नबिल बैंकको संसोधित ब्याजदर सार्वजनिक, हेर्नुस् कुन खातामा कति ब्याज ?

नेपाल राष्ट्र बैंकको निर्देशन पछि नबिल बैंक लिमिटेडले व्याजदर संसोधन गर प्रकाशन गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक ३ गते, बुधबार बाट लागू हुने गरी नयाँ व्याजदर प्रकाशन गरेको हो । बैंकले बुधबार अबेर राति आफ्नो वेबसाइटमार्फत संसोधित ब्याजदर सार्वजनिक गरेको हो । 

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा न्यूनतम ४.३६ प्रतिशतदेखि अधिकतम ६.३६ प्रतिशतसम्म ब्याज दिनेछ । बैंकको मुद्दति निक्षेपको ब्याज व्यक्तिगततर्फ न्यूनतम ८.३६ प्रतिशतदेखि अधिकतम ९.३६ प्रतिशतसम्म तोकिएको छ ।

यस्तै, संस्थागततर्फ बैंकको मुद्दति निक्षेपको ब्याज अधिकतम ८.३६ प्रतिशतसम्म तोकिएको छ ।

बैंकले विभिन्न कर्जा न्यूनतम ०.५ प्रतिशतदेखि अधिकतम ६ प्रतिशतसम्मको प्रिमियममा उपलब्ध गराउने भएको छ । 

त्यस्तै, प्रकाशित भएको नयाँ ब्याजदर अनुसार बैंकको आधार दर ६ प्रतिशत रहेको छ । 

6170d1bd6b33d.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको