Like us!
Follow us!
Connect us!
Watch us!

पाँच वर्षीया बालिकामाथि यौन शोषण, ५१ वर्षिय उपप्रध्यापक पक्राउ

अर्थ संसार

शनिबार, ०६ कार्तिक २०७८, १० : १६ मा प्रकाशित

पाँच वर्षीया बालिकामाथि यौन शोषण, ५१ वर्षिय उपप्रध्यापक पक्राउ

पाँच वर्षिया बालिकालाई यौन शोषण गरेको आरोपमा एक जना ५१ वर्षिय उपप्रध्यापक पक्राउ परेका छन् ।

जनकपुरधामको जनक हजारी संस्कृत विद्यापीठका उपप्रध्यापक कपिलदेव मण्डललाई प्रहरीले पक्राउ गरेको हो ।

जनकपुरधाम-८ का उपप्रध्यापक मण्डलले आफ्नै घरमा बस्ने भाडामा बस्ने सिरहाका एक व्यक्तिकी पाँच वर्षीया छोरीलाई केही महिनादेखि यौन शोषण गरेकाे आराेप छ । मण्डलले गणेश पूजाको मौका छोपी छोरीको यौन शोषण गरेको पीडितका बुवाकाे दाबी छ । बालिकाकाे यौनाङ्गमा घाउ देखिएपछि घटनाबारे थाहा भएकाे हाे । 

जिल्ला प्रहरी कार्यालय धनुषामा किटानी जाहेरी परेपछि उनी पक्राउ परेका हुन् ।  

प्रहरीले पीडित बालिकाकाे शुक्रबार नै मेडिकल जाँच गराएको छ । प्रहरी नियन्त्रणमा रहेका मण्डलविरुद्ध बाल यौन दुर्व्यवहारसम्बन्धी मुद्दा चलाइने धनुषाका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको