Like us!
Follow us!
Connect us!
Watch us!

‘नियोजित रुपमा पुँजीबजार घटाइएको छ’

पत्रपत्रिका

आइतबार, ०७ कार्तिक २०७८, ०६ : ०६ मा प्रकाशित

‘नियोजित रुपमा पुँजीबजार घटाइएको छ’

स्वतन्त्र पुँजीबजार संघका अध्यक्ष रोहन कार्कीले सेयर बजार नियोजित रुपमा घटाइएको दाबी गरेका छन् ।

विराटनगरमा शनिबार आयोजित अन्तरक्रियामा अध्यक्ष कार्कीले स्वतन्त्र रुपमा चल्नुपर्ने सेयर बजारलाई केही व्यक्तिको स्वार्थपूर्तिका लागि नियामक निकायहरूले नीतिगत परिवर्तन गरी घटाएको दाबी गरे । कार्कीले सेयर बजार अस्वभाविक रुपमा नियोजित तरिकाले घटाइएकाले यस्तो घटाइ धेरै दिनसम्म नरहने बताए।

उनले सेयर बजार जुनसुकै बेला विष्फोटक गतिले बढ्ने भएकाले सुझबुझपूर्ण रुपमा सेयर किनबेचको निर्णय लिन लगानीकर्तालाई आग्रह गरे । “पुँजीबजारमा लाग्ने व्यक्तिहरूले घट्ने बित्तिकै आत्तिनु हुँदैन” कार्कीले भने, “यो घट्ने क्रम लामो समयसम्म टिक्दैन ।”

कार्कीले पुँजीबजारको विकासमा कर्मचारी प्रशासन, नियामक निकायहरू नै बाधक देखिएको टिप्पणी गरे । सेयर बजारको सुधारका लागि स्थिर नीतिगत व्यवस्था हुनुपर्नेमा आफूहरूले दबाब सिर्जना गरिरहेको कार्कीले बताए । उनले तीन–तीन महिनामा परिवर्तन हुने नीतिले सेयर बजारको विकास र विस्तारमा अवरोध गरिरहेको उल्लेख गरे ।

स्वतन्त्र पुँजीबजार संघले प्रदेश–१ मा प्रदेशस्तरीय समिति गठन गरिसकेको र झापा, मोरङ, सुनसरी र विराटनगर महानगरपालिकास्तरीय समितिसमेत गठन गरेको स्वतन्त्र पुँजीबजार संघ प्रदेश–१ का अध्यक्ष गणेश दंगालले जानकारी दिए । उनले प्रदेश–१ का सबै जिल्ला, महानगरपालिका र महानगरपालिकामा संघले समिति विस्तार गर्ने बताए । 

नेपालमा केही वर्षयता सेयर लगानीकर्ताको संख्या तीव्र रुपमा बढिरहेको छ । हाल ४६ लाख भन्दा बढी डिम्याट खाता खुलिसकेको छ । पछिल्ला प्राथमिक निष्कासनहरूमा २५ लाखभन्दा बढीले आइपीओ भर्न थालेका छन् । प्राथमिकसँगै दोस्रो बजारमा प्रवेश गर्ने हरूको संख्या पनि उत्तिकै बढ्दै गएको छ । 

(याे समाचार आजकाे काराेबार दैनिकमा छ ।)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको