Like us!
Follow us!
Connect us!
Watch us!

चार बर्ष देखि रोक्का रहेको सहारा विकासको कारोबार फुकुवा हुदै, कार्तिक २७ बाट एकिकृत कारोबार

अर्थ संसार

शनिबार, १३ कार्तिक २०७८, १५ : ५२ मा प्रकाशित

चार बर्ष देखि रोक्का रहेको सहारा विकासको कारोबार फुकुवा हुदै, कार्तिक २७ बाट एकिकृत कारोबार

 गरिमा विकास बैंक लिमिटेडले सहारा विकास बैंक लिमिटेडलाई प्राप्ति गरी यहि कात्तिक २८ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएको छ । मर्जर पछि बैंकले गरिमा विकास बैंककै रुपमा कारोबार गर्नेछ ।

एकिकृत कारोबार सुरु भए भएपछि सहारा विकास बैंकका सेयरधनिहरुसंग रहेको सेयर नेप्सेमा गरिमाको नाममा सुचिकृत भएपछि लगानीकर्ताले दोस्रो बजारमा सेयर कारोबार गर्न सक्ने छन् ।

गरिमा विकास बैंकको भदौ १५ गते र सहारा विकास बैंकको भदौ १२ गते बसेको छुट्टाछुट्टै साधारण सभामार्फत दुवै कम्पनीले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेकोमा नेपाल राष्ट्र बैंकबाट कात्तिक १ गते र कम्पनी रजिष्ट्रार कार्यालयबाट कात्तिक ११ गते प्राप्तिका लागि अन्तिम स्वीकृति पाएपछि दुवै कम्पनीले एकीकृत कारोबार गर्न लागेका हुन् ।

गरिमा विकासले सहारा विकासलाई १ बराबर १ को शेयर आदानप्रदान रेशियोमा प्राप्ति गरेको हो । प्राप्तिपछि लगानीकर्ताले सहारा विकासको १ कित्ता शेयर बराबर गरिमा विकासको १ कित्ता नै शेयर पाउनेछन् । सहारा विकासलाई प्राप्ति पश्चात गरिमा विकास बैंकको चुक्तापूँजी रू। ३ अर्ब ९४ करोड ८१ लाख ८३ हजार कायम हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको