Like us!
Follow us!
Connect us!
Watch us!

सहाराकाे चाडपर्व अफरमा स्कुटर जित्ने मौका

अर्थ संसार

आइतबार, ०९ असोज २०७९, १२ : ०३ मा प्रकाशित

सहाराकाे चाडपर्व अफरमा स्कुटर जित्ने मौका

लोकप्रिय राइड सेयरिङ एप सहारा एपले ‘सहारा चाडपर्व अफर’ ल्याएको छ । ग्राहक, बाइक र क्याब राइडर लक्षित गरेर कम्पनीले  ल्याएको अफरमा इलेक्ट्री स्कुटर,  फ्रिज, स्मार्ट फोन, फाइक्रोओभन, हिटर, वारिङ मेसिनसम्म रहेका छन् । त्यसका साथै नगद उपहार पनि जित्न सकिनेछ । 

जति धेरै सहाराको राइड लिन सक्यो त्यति नै जित्त मौका बढी रहने कम्पनीले जनाएको छ । सबै उपहारहरु छठ पर्व पछि प्रदान गरिने कम्पनीका अध्यक्ष शेखर श्रेष्ठले जानकारी दिए । 

अध्यक्ष श्रेष्ठका अनुसार पहिलो, दोस्रो र तेस्रो गरेर उपहार प्रदान गरिनेछ ।  यसका साथै अन्य आकर्षक गिफ्टहरु पनि रहेको कम्पनीले जनाएको छ ।  यो अफर योजना अवधि छठ सम्म रहेको कम्पनीले जनाएको छ ।

साथै अहिले कम्पनीले निशुल्क राइडर दर्ता अफर पनि सञ्चालनमा ल्याएको छ । यसबाट नयाँ राइडरले फाइदा लिन सक्ने अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमा सन् २०१९ देखि राइड सेयरिङ सेवा सुरु गरेको सहारा एपले निकट भविष्यमा फुड तथा अन्य सेवा पनि प्रदान गर्ने कम्पनीका सीईओ विशाल जीसीले जानकारी दिए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको