Like us!
Follow us!
Connect us!
Watch us!

सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

अर्थ संसार

सोमबार, १५ कार्तिक २०७८, ०८ : ३० मा प्रकाशित

सुन सफागर्ने भन्दै ठगी गर्ने दुई भारतीय पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले गाउँ-गाउँमा सर्वसाधारणको सुन सफा गरी दिने भन्दै सुन ठगीगर्ने दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । भारतीय नागरिकले उदयपुरमा सुन ठगी गरेको घटना सार्वजनिक भएको छ । सुन सफा गर्ने नाउँमा ठगी गर्दै हिँडेको आरोपमा भारतीय दुई नागरिकलाई जिल्ला प्रहरी कार्यालय उदयपुरले पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा भारत विहार सहरका ४५ वर्षीय अरुण साह र भारत विहारकै ३० वर्षीय हरिराम साह रहेका छन् । उनीहरूले विभिन्न केमिकल प्रयोग गरी सुन सफा गर्दा सुनको तौल आधा घटने गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।  

त्रियुगा नगरपालिका–४ बगाहाका ताराबहादुर राईकी छोरी कमला राईको सुन सफा गर्ने क्रममा १ तोला सुनलाई आधी तोला बनाएर फिर्ता गरेको प्रहरीले अनुसन्धानको क्रममा खुलेको छ । विभिन्न प्रलोभनमा पारी कमला राईले लगाइरहेको सुनको एक तोला सिक्रीलाई सफा गरी तत्काल सुन हेर्न हुन्न सुक्न दिनुपर्छ भनी झुक्याएर लुकाई छिपाई सुन घटाएर फिर्ता गरेको पीडितले जनाएको छ ।

सफा गरी फिर्ता गरेको सुन पहिलाको भन्दा कम परिणामको देखिएपछि पीडितलाई शंका लागि तौल गर्दा आधी तोला मात्र फिर्ता भएपछि प्रहरीमा पीडितले उजुरी गरेका थिए । पीडितको उजुरीका आधारमा उनीहरूलाई खोजतलास र अनुसन्धान गरी पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनीहरूको साथबाट पीताम्बर, सुन सफा गर्ने सामाग्रीहरू, एसिड, मट्टितेल र सुनका साना टुक्रासमेत फेला परेको डिएसपी गौतमले पत्रकार सम्मेलनमा जानकारी दिए । उनीहरूले अन्य व्यक्तिहरूलाई समेत यसैगरी ठगी गरेको हुन सक्ने भन्दै अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रहरीले सम्पूर्ण जिल्लावासी नागरिकहरूमा सुन सफा गर्नेहरूसँग सचेत रहनसमेत आग्रह गरेको छ । उनीहरू गाउँ-गाउँ डुल्दै आफूहरू पीताम्बरको व्यापारी भएको र सुन पनि सफा गर्ने काम गर्ने बताउँदै हिँडेको अनुसन्धानबाट खुल्न आएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको