Like us!
Follow us!
Connect us!
Watch us!

विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

अर्थ संसार

बुधबार, १७ कार्तिक २०७८, १० : ५५ मा प्रकाशित

विदेशी मुद्राको विनिमय दर : कुन देशको कति ?

नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ १९ पैसा र बिक्री दर ११९ रुपैयाँ ७९ पैसा कायम गरेको छ । 

यस्तै, अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ९७ पैसा र बिक्री दर ८९ रुपैयाँ ४२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ०७ पैसा छ भने बिक्री दर ९६ रुपैयाँ ५० पैसा छ । 

यसैगरी, युरोपियन यूरो एकको खरिद दर १३८ रुपैयाँ १८ पैसा र बिक्री दर १३८ रुपैयाँ ८७ पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६२ रुपैयाँ ५५ पैसा र बिक्री दर १६३ रुपैयाँ ३६ पैसा छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ६५ पैसा र बिक्री दर १३१ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६३ पैसा र बिक्री दर १८ रुपैयाँ ७३ पैसा रहेको छ भने जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ५० पैसा र बिक्री दर १० रुपैयाँ ५५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 

यस्तै, कतारी रियाल एकको खरिर दर ३२ रुपैयाँ ८२ पैसा र बिक्री दर ३२ रुपैयाँ ९८ पैसा छ भने साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ ६० पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ७३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ८८ पैसा रहेको छ ।   
 

618219b924a22.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Garima Capital

धेरै पढिएको