Like us!
Follow us!
Connect us!
Watch us!

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि ३ सयसम्मको क्यासब्याक

अर्थ संसार

शुक्रबार, १९ कार्तिक २०७८, ०८ : १२ मा प्रकाशित

स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि ३ सयसम्मको क्यासब्याक

SCT द्वारा संचालित स्मार्ट क्यूआरबाट स्क्यान गर्दा २०% देखि रू. ३०० सम्म क्यासब्याकको व्यवस्था मिलाइएको छ । बत्तीसपुतली तीन धारास्थित पवन स्विट्स् कमलादीस्थित सजनगोठ, दरवारमार्गस्थित गंगौर स्विट्स् र इन्द्रचोकस्थित स्वस्तिक स्विट्स् जस्ता मिष्ठान्न पसलको मिठाई खरिद भुक्तानीमा क्यासब्याक पाउन सकिनेछ ।

यो अफर दीपावलीको सुखद् अवसरमा कार्तिक २५ गतेसम्म (११ नाेबेम्बर) लागु हुनेछ । सहभागी स्टोरहरूमा कुनै पनि स्मार्ट QR नेटवर्कको सदस्य वालेट IME PAY, Prabhu PAY, QPay र मोबाइल बैंकिङ एप (ग्लोबल स्मार्ट) प्रयोग गरी स्मार्ट QR मार्फत भुक्तानी गर्ने ग्राहकहरूले योजना अवधिभर क्यासब्याकको लागि योग्य हुनेछन् । 

नेपालमा स्मार्ट क्यु आर स्क्यान गरी भुक्तानी गर्ने व्यवहार बढ्दै गरेको परिप्रेक्षमा नेपाल सरकारको डिजिटल नेपाल अभियानलाई थप बल मिल्ने विश्वास गरिएको छ । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको