Like us!
Follow us!
Connect us!
Watch us!

शिखरको विन्टर सेल मेला कात्तिक २५ गते सकिँदै, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम मौका

अर्थ संसार

मंगलबार, २३ कार्तिक २०७८, २१ : ०० मा प्रकाशित

शिखरको विन्टर सेल मेला कात्तिक २५ गते सकिँदै, सस्तोमा जुत्ताचप्पल किन्ने अन्तिम मौका

शिखर सुजले भृकुटीमण्डपमा सुरु गरेको जुत्ताचप्पल मेला यही कात्तिक २५ (बिहीबार) सम्म हुने भएको छ । पूर्वनिर्धारित समयमै मेला अन्त्य गरिने मेला आयोजक शिखर पियु इन्डस्ट्रीजका राजु उप्रेतीले जानकारी दिए । मेलामा शिखरले स्कुले विद्यार्थीलाई लक्षित गरी ५ सय रुपैयाँमै छालाका जुत्ता उपलब्ध गराएको छ ।

त्यस्तै कपडाका सेतो जुत्ता ६ सयमा दुई जोर उपलब्ध गराउने भएको छ । मेला संचालक उप्रेतीका अनुसार लामो विदापछि खुल्न लागेका विद्यालय जाने बालबालिकालाई लक्षित गरी शिखरले सस्तो मूल्यमा छालाको जुत्ताचप्पल उपलब्ध गराउन लागेको हो । यति संस्तोमा स्कुले जुत्ता फेरि पाइने छैन, उनले भने । शिखरले सुरु गरेको विन्टर सेल मेला तिहारको विदाका दिनमा समेत निरंतर गरेको थियो । ‘मेलामा उपभोक्तालाई असामान्य छुट उपलब्ध हुने छ, उप्रेतीले भने ।

‘शिखरको एकल सेला मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ, उप्रेतीले भने, अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । मेलामा २ हजार रुपैयाँमा सम्पूर्ण परिवारका लागि जुत्ताचप्पल उपलब्ध हुनेछन् ।

मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेका छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पलसमेत राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको