Like us!
Follow us!
Connect us!
Watch us!

बुद्धिमान लगानीकर्ताको सेयर सूत्र के होला ?

धिरज पौड्याल

शुक्रबार, २१ असोज २०७९, १९ : ४० मा प्रकाशित

बुद्धिमान लगानीकर्ताको सेयर सूत्र के होला ?

के तपाईलाई थाहा छ ? यो पूस्तक पढेर धेरै साधारण लगानीकर्ता बुद्धिमान लगानीकर्ता बनेका छन् र लगानी बारे राम्रो शिक्षा लिएका छन् ।

पुस्तक कुनैपनि विषयको केन्द्रित ज्ञान प्रदान गर्ने उद्देश्यले लेखिएका हुन्छन्। ज्ञानका विषयमा लेखिएका पुस्तकहरू पाठकहरु बीच राम्रो प्रभाव पार्न सफल रहेका छन् र पाठक लाई जीवन उपयोगी ज्ञान लिएका छन् । सेयरबजार र लगानी सम्बन्धी जानकारीले भरिएको पूस्तक दि ईन्टेलिजेन्ट इन्भेस्टर विश्व भरिका इन्भेस्टर ले यो पुस्तक पढेपछि साधारण लगानीकर्ता बाट बुद्धिमान लगानीकर्ता बनेको दावी गर्दै आएका छन् र वारेन बफेटले पनि यस विषयमा सहमती जनाएका छन् । यो पुस्तक सबैको रोजाइको पुस्तक बनेको छ । भाषिक विषमता र पुस्तक पढ्ने बानी नभएको हुँदा तपाईंलाई यस पुस्तक अध्ययन गर्न समस्या आएको हुन सक्छ । हामीले तपाईंको यो समस्यालाई समाधान गर्ने प्रयासका साथ पुस्तकको सारलाई हलचल नगरी तपाईंलाई खण्डगत सारांश तयार पारेका छौँ ।

खण्ड १ : The History Of Stock Market सेयरबजारकाे इतिहास

सेयरबजारमा लगानी गर्नुअघि लगानीकर्तालाई बजारको इतिहासको बारेमा जानकारी हुनुपर्दछ। लनानीकर्तले विगतमा कुन कुन कम्पनी को शेयरले राम्रो प्रदर्शन गरेको छ ती सबै जानकारी राख्नुपर्दछ यसले लगानीकर्तालाई लगानी गर्न सहज र उक्त शेयर सम्बन्धी रणनीति बुझ्न सहज हुन्छ। उनले यश खण्डमा थप जोड्छन् सन् जसरी सन् २००८ मा शेयर बजार क्राश भएको थियो त्यो बेला लगानी गरेका लगानीकर्ताले राम्रो आम्दानी गरेका थिए किनकी उनीहरूलाई शेयर लाई सस्तो मूल्यमा किन्ने अवसर जुटेको थियो। उनले उदाहरणका साथ निर्देशित गर्न चाहन्छन् कि इतिहासलाई हेर्दा जुन जुनबेला सेयरबजार नराम्रोसँग गिरावट आएको त्यो बेला लगानी करेका ले नाफा कमाउन सक्छन्, त्यसैले यस्तो बेलामा आत्तिएर (प्यानिक ) हुनुभन्दा पनि हामीले समयको फाइदा उठाउन सक्नुपर्छ। त्यस्तै उनी जोड्छन् लगानीकर्तालाई कम्पनीको इतिहास बुझेर त्यसमा लगानी गर्दा त्यस को फाइदा उठाउन सकिन्छ। 

खण्ड २ : Be Aware Of Inflation मुद्रास्फीतिसँग सचेत रहनुहोस् 

समय अनुसार हामीसँग भएको पैसाको मूल्य घट्दै जान्छ, जस्तै केही समय अगाडिको १०० अहिले को १००० समान मूल्यको हुन्छ अर्थात आजको १०००० उ बेलाको १००० बराबर मुक्यको थियो । मुद्रास्फीति महंगी बढ्नु र राज्यले थप पैसा छापनुको कारणले देखिन्छ। यदि तपाईंको तलब २% को दरले बढ्यो भने तपाईं खुसी हुनुहुन्छ तर यदि मुद्रास्फीति ४% बढ्यो भने वास्तवमा तपाईंको बढेको तलब नोक्सान नै हुन्छ। त्यसैले यदि तपाईंले तपाईंको पैसा घरमा वा बैङ्क मा राख्नुभयो भने तपाईंको पैसा समयअनुसार बढ्दैन तर यदि तपाईंले सोही पैसालाई लगानी गर्नुभयो भने उक्त पैसा कयौ गुणा ले बढ्छ। यदि तपाईंले 5 वर्ष पहिला 1 लाख रुपियाँ जमीनमा लगानी गर्नुभएको भए अबको 5 साल पछि त्यो जग्गाको मुल्य 10 लाख वा सो भन्दा बढी हुन सक्छ, तर तपाईंले त्यो पैसा घरमा नै राख्नुभयो भने त्यो पैसा 1 लाख को 1 लाख नै हुन्छ

खण्ड ३ : Stocks Overcome Inflation Partially शेयरले आंशिक रूपमा मुद्रास्फीतिलाई जित्छ

मुद्रास्फीति लाई सबैभन्दा बढी शेयरले हराउँछ अर्थात शेयरकाे कयौँ गुणा बढी रिटर्न दिन्छ तर लगानी गर्नुअघि भने सयर बजारको बारेमा उचित ज्ञान हासिल गर्नुपर्छ। केही मात्रामा मुद्रास्फीति हुनु केही मात्र मा नाफामुलक हुन्छ, यस्ले कम्पनीहरुको रेट पनि बढ्छ र शेयर को मुल्य बढ्छ तर जब धेरै मात्रामा मुद्रास्फीति हुन्छ यो नोक्सानदाएक हुन्छ। किनकी यस्ले महंगाई बढाउँछ र ग्राहक हरुले वस्तुहरू खरीद गर्न छोड्छन् जसले कम्पनी लाई घाटा हुन्छ र शेयर को मुल्य घट्छ। त्यसैले लगानी मुद्रास्फीति माध्यम अवस्था मा रहँदा गर्नु उपयक्त मान्छन। 

खण्ड ४ : Real Estate Investment Trusts Can Overcome Inflation घरजग्गा लगानी ट्रस्टले मुद्रास्फीतिलाई जित्न सक्छ

Real Estate Investnent Trusts येस्तो प्रकारको कम्पनी हरु हुन जसले घर तथा बिल्डिंगहरूलाई भाडा रेन्ट मा दिन्छन्। यसले मुद्रास्फीति लाई पूर्ण रूपमा हराउने मान्यता उनी राख्छन्, मुद्रास्फीतिले यो व्यवसायमा असर देखाउँदैन र लगानीकर्ताहरूलाई घाटा हुँदैन । जस्तै कि यदि तपाईंले जग्गा लिनुभयो भने एकै पटकमा कहिलै पनि त्यो जग्गाको मुद्रास्फीति हुँदैन तर अर्को पट्टि हेर्ने हो भने अध्ययन नगरी सेयरमा लगानी गर्दा कतिपय व्यक्तिहरू सडकमा आएका छन् । त्यस्तैगरी तपाईंले आफ्नो आफ्नो घरहरूलाई भाँडामा दिएर भाडा उठाउने हो भने पनि तपाईंको आम्दानी भै रहन्छ । तपाईंको घरको भाडा धेरै तल माथि हुँदैन ।तर अर्को पट्टि ठाउँ भविष्यको योजना आदि कुराहरूमा ध्यान दिनुपर्छ , लगानी जुनसुकै होस् कतै पनि आखा बन्द गरेर लगानी गर्नु हुँदैन ।

खण्ड ५ : Age Doesn't Matter उमेरले लगानी गर्न छेक्दैन

लगानी गर्ने कुनै निश्चित उमेर हुँदैन् त्यसैले तपाईंको जुन सुकै उमेरमा पनि लगनिगर्न सुरुगर्न सक्नुहुन्छ त्यसैले कहिले पनि उमेरलाई लगानी गर्नु अघि आउन नदिनुहोस् तर केही कुराहरू मनन गर्नुपर्छ वृद्ध लाई भन्दा जबान व्यक्तिलाई लगानी गर्दा धेरै फाइदा मिल्छ त्यसैले सकभर छिटो लगानी गर्न सुरु गर्नुपर्दछ । यदि तपाईंको विवाह भइसकेको छैन भने विवाह खर्चलाई ध्यानमा राखेर लगानी गर्न सक्नुहुन्छ । यदि तपाईंको बच्चा छन् भने उनीहरुको पढाइ खर्चलाई वा विवाह खर्चलाई ध्यान मा राखेर लगानीका योजना हरु बनाउन सक्नुहुन्छ। 

लगानी गर्दा तपाईंले कति पैसा गुमाउन सक्नुहुन्छ यो कुरालाई दिमागमा राख्नु पर्नेमा उनी जोड दिन्छन् 

खण्ड ६ : Defensive Investing रक्षात्मक लगानी 

लगानी विशेषता २ प्रकारको हुन्छ एउटा आक्रामक लगानी तथा अर्को रक्षात्मक लगानी । आक्रामक लगानीमा मान्छेहरू भाग्य मा विश्वास गरी जुनकुनै सेयरमा धेरै पैसा लगाउँछन् या त करोडपति बन्ने या त रोडपती बन्ने। यो तरिका एकदमै जोखिम मुलक हुन्छ । यसको ठीक विपरीत रक्षात्मक लगानी कयौ गुणा सुरक्षित हुन्छ । यस्मा तपाईं कम्पनीको विश्लेषण आफै गर्नुहुन्छ र मात्र फैसला लिनुहुन्छ । रक्षात्मक लगानी गर्नेहरूको लागि लेखक ले केही टिप्स दिएका छन् :

१. सधैं ठूलो कम्पनीमा लगानी गर्नुहोस, जसको प्रोडक्ट तपाईंले दैनिक प्रयोग गर्नुहुन्छ। 

२. उक्त कम्पनीको सम्पति .एसेट. उसको  लियाबिलिटी भन्दा बढी हुनुपर्दछ। 

३. कम्पनीको कुनै पनि ऋण हुनुहुँदैन वा थोरै मात्रामा हुनुपर्दछ।  

४. कम्पनीले पछिल्लो १० वर्षदेखी निरन्तर मुनाफा कमाएको हुनुपर्दछ। 

५. कम्पनीले पछिल्लो २० वर्षदेखी दिविदेण्ड दिएको हुनुपर्दछ। 

६. कम्पनीको शेयरको पी. ई. रेशियो पछिल्लो आम्दानीको १५ गुणा भन्दा बढी नभएको होस्। 

७. प्राइस टु एसेट रेसियो बुक भ्यालु भन्दा १५ गुणा बढी नभएको होस् ।

यी कुराहरूलाई मध्यनजर गर्दै तपाईंले शेयरको छनोट गर्न सक्नुहुन्छ र यदि तपाईंलाई यशबारे पूर्ण जानकारी नभएमा वित्तीय सलाहकार सँग सल्लाह लिन सक्नुहुन्छ।

खण्ड ७ : Enterprising Investing व्यवसायिक लगानी

तपाईंको जहाँ पनि गर्नुहुने लगानी ठोस तर्क र अध्यान को आधार मा हुनुपर्दछ नकी कसैले लगाएको गेस तुक्का को आधारमा । कतिपय लगानीकर्ताहरु अरूको देखासिकी मा लगानी गर्ने गर्दछन् र नाफा कुरेको कुरै गर्दछन् । उनीहरूलाई यो कुराको थाहा हुँदैन कि उनीहरूले सेयरबाट कति रिटर्न पाएको छन्। त्यसैले वास्तविक अध्यान गरेर लगानी गर्नुपर्दछ। येस्तो नहोस् की तपाईंले सेयरमा लगानी गरेर नाफाको सट्टामा घाटा वयोर्न परोस्। जब तपाईंको पोर्टफोलियो मा धेरै ओटा संख्यामा सेयरहरु हुन्छन् त्यो बेला कुनै सेयरहरु नाफामा हुन्छन् भने कुनै शेयर हरु घाटामा हुन्छन् येस्तो अवस्थामा नेट नाफा वा घाटा कति भयो भन्ने पत्ता लगाउन असहज हुन्छ, त्यसैले कपीमा लेखेर अथवा सामान्य हिसाब गरेको भरमा तपाईंले वास्तविक तथ्यांक पाउनुहुनेछ।जुन शेयर बाट नाफा कमाई सक्नुभयो र थप नाफा को विश्वास छैन त्यस्तो शेयर लाई बेच्न सक्नुहुन्छ । कुनै कुनै लगानीकर्ता लाई पुरानो शेयर सँग आत्मीयता बढ्छ । यही सोचेर ती सेयरहरु लाई आफूसँग राख्छन र प्रोफिट बुक गर्नसक्दैनन् ।

यसले उनीहरूलाई फाइदा त्यति मात्रामा मात्र हुन्छ जति मात्रामा उक्त पैसालाई बैङ्क मा बचत गरेको मान्छे लाई बैङ्क बाट हुन्छ। 

खण्ड १० : Market Volatility Is Useful बजारको अस्थिरता महत्त्वपूर्ण हुन्छ 

जब बजार मा मुल्य उतारचढाव देखिन्छ त्यस लाई बजारको अस्थिरता भनिन्छ ।बजारमा देखिने अस्थिरता देखेर धेरै व्यक्तिहरू डराउँछन् र लगानी बाट पछि हटदछन । एकदिन बजार माथि गयो भने केही दिन पछि बजार तल आउँदछ, केही व्यक्ति हरु यस अवस्थामा प्यानिक हुन्छन् । जब शेयरको मुल्य घटना थाल्छ तब उनीहरूले डराएर शेयरलाई बेच्दछन यस्ले उनीहरूलाई घाटा हुन्छ । त्यसैले कहिले पनि प्यानिक भएर सेयरहरु नबेच्नुहोस्। जब शेयरको मुल्य तल आउँछ तब शेयर किन्नुहोस र जब शेयरको मुल्य माथि जान्छ तब शेयर बढ्नुहोस्।  

यसरी तपाईंले बजारको उतारचढाव लाई बुझेर फाइदा लिन सक्नुहुन्छ ।

खण्ड ११ : Be Aware Of Financial Advisors वित्तीय सलाहकारहरुसँग सजग रहनुहोला

सबैभन्दा पहिला त वित्तीय सल्लाहकार निर्भर रहनु हुँदैन । उनीहरू धेरै मात्रामा ब्रोकरेज फी वा कमिसन लिने गर्दछन् । वित्तीय सलाहकार तबमात्र लिनुहोस् जतिबेला तपाईं धेरै घाटामा हुनुहन्छ वा तपाईंको पोर्टफलियो ठूलो छ ।

आजभोलि बजारमा स्वोघोशित सल्लाहकारको बिगबिगी छ । उनीहरुको भनाइमा न आउन लेखकले सल्लाह दिन्छन् । यही कोही तल उल्लेखित कुराहरू गर्दछ भने त्यो मान्छे फेक हो। 

१. यस्तो मौका लाइफमा एकपटक मात्र आउँछ ।

२. के तपाईं म जस्तै धनी बन्न चाहनुहुन्छ ।

३. मसँग विशेष ट्रिक छ। जो कसैले पनि तपाईंलाई बताउँदैनन् ।

४. तपाईं मेरो प्रक्रियाले धेरै पैसा कमाउन सक्नुहुन्छ इत्यादि।

यस्तो किसिमको कुराहरू फेक सल्लाहकार हरुले तपाईंलाई फसाउन को लागि प्रयोग गर्छन र पछि तपाईंलाई दुबाउँछन् त्यसैले उसको दक्षता हेरेर मात्र सल्लाहकार छनोट गर्नुहोस्। 

खण्ड १२ : Security Analysis सुरक्षा विश्लेषण

कुनै पनि कम्पनीमा लगानी गर्नुअघि उसको सुरक्षा विश्लेषण अनिवार्य गर्नुहोस तर यो सामान्य लगानीकर्ता को क्षेत्रभन्दा बाहिर हुन्छ । यस्मा सामान्य बीजगणित प्रयोग हुन्छ जसलाई अर्थ विषेशज्ञ हरुले गर्न सक्छन् साथै यो सँगै यि सामान्य कुराहरूमा पनि ध्यान दिनुहोस् 

१. कम्पनीको भविष्यको योजनाहरू र लक्ष्यहरू हेर्नुहोस्।

२. कम्पनीको व्यवस्थापकमा को छन् उनीहरुको अनुभव कस्तो छ ?

३. कम्पनीको आर्थिक स्ट्रक्चर कस्तो छ ।

४. डिभिडेन्ड रेकर्ड कस्तो छ। 

५. डिभिडेन्ड रेट कस्तो छ। 

खण्ड १३ : The Margin Of Safety सुरक्षाको मार्जिन

जब कुनै पनि कम्पनीको शेयर किन्दै छौ तब उक्त कम्पनीको को मार्जिन लाई ध्यान मा राख्नुपर्दछ ।

शेयरको सत्य भ्यालु को ५०% काम मा मात्र शेयरलाई खरीद गर्नुहोस् यदि कुनै शेयरको मुल्य बढिरहेको छ भने उक्त सेयरमा आखा बन्द गरेर उक्त सेयरमा प्रवेश नगर्नुहोस् । तपाईंले उक्त शेयरको मुल्य तल आउने समयको प्रतीक्षा गरेर खरीद गर्न सक्नुहुन्छ यसबाट तपाईंले नाफा निकाल्न सक्नुहुन्छ। 

तपाईंले यी जानकारी लिएपछि यसले तपाईंको लगानीको यात्रालाई सहजता प्रदान गर्नेछ भन्ने विश्वास लिएका छौँ। *** Translated***

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको