Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामी बिक्रीमा, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, २९ फागुन २०८२, १० : ३८ मा प्रकाशित

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर लिलामी बिक्रीमा, मूल्य कति ?

नेपाल पुनर्बीमा कम्पनीले संस्थापक सेयर लिलाम बिक्रीमा राखेको छ । कम्पनीले यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहतर्फको २१ लाख ७१ हजार ९३५ कित्ता सेयर लिलाम बिक्रीमा राखिएको हो ।

कम्पनीले प्रतिकित्ता न्यूनतम ४०० रुपैयाँमा उक्त सेयर सबैले किन्न पाउने गरी लिलामीमा राखेको हो । सेयर खरीदका लागि बोलपत्र पेश गर्दा न्यूनतम १ लाख कित्ताका लागि पेश गर्नु पर्नेछ ।

सेयर किन्न इच्छुकले चैत ५ गतेदेखि चैत १९ गतेभित्र गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ । यस्तो बोलपत्र काठमाडौंको नक्साल, नारायणचौरस्थित नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेडको कार्यालयमा प्राप्त गर्न र बुझाउ सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको