नेपाल धितोपत्र बोर्ड (सेबोन)का कर्मचारी युनियनले आफ्ना मागहरू पूरा नभएको भन्दै फेरि आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको छ । युनियनले विज्ञप्ति जारी गर्दै बोर्ड व्यवस्थापनले मागहरूप्रति बेवास्ता गरेको भन्दै पुनः आन्दोलन जारी राख्ने जनाएको हो ।
विज्ञप्तिमा भनिएको छ, “बोर्ड र व्यवस्थापनबाट हालसम्म कुनै जानकारी प्राप्त नभएको र पछिल्लो समय प्रतिनिधि सभाको चुनावका कारण आचारसंहिताका कारण हरेक दिन १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम स्थगन भई आएकोमा मिति २०८२/११/२८ गते देखि पुन सशक्तरुपमा हरेक दिन बिहान १० बजे देखि ११ बजे सम्म १ घण्टा धर्ना तथा पेन डाउन कार्यक्रम निरन्तर गर्ने सम्बन्धमा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको मिति २०८२/११/२७ कार्यसमितिको निर्णय भएको ब्यहोरा जानकारी गर्दछौ ।”
युनियनले शुक्रवार देखि हरेक दिन बिहान १० बजेदेखि ११ बजेसम्म धर्ना र पेन डाउन कार्यक्रमलाई निरन्तरता दिनेछ । पेन डाउन कार्यक्रममा कर्मचारीहरू कार्यालयमा उपस्थित भए पनि कामकाज ठप्प पार्ने गर्छन्। कर्मचारी युनियनले बोर्ड व्यवस्थापनलाई तत्काल वार्तामा बसेर समस्याको समाधान गर्न आग्रह गरेको छ । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनीहरूले चेतावनी दिएका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस