Like us!
Follow us!
Connect us!
Watch us!

सुडान काण्डमा घोटला गरेका दुई पूर्व प्रहरीप्रमुख सहित चार जेल चलान

बुधबार, ०७ असार २०७४, १६ : ५६ मा प्रकाशित

सुडान काण्डमा घोटला गरेका दुई पूर्व प्रहरीप्रमुख सहित चार जेल चलान

अर्थ संसार, काठमाडौँ–सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको करिब दुई महिना पछि नेपाल प्रहरीका दुई पूर्व महानिरिक्षकलाई पक्राउ गरी जेल चलान गरिएको छ ।

सुडानको घोटाला प्रकरणमा सर्बोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएका नेपाल प्रहरीका दुई पूर्वआइजीपी सहित चार जनालाई आजै सर्वोच्च अदालतबाट पक्राउ गरी जेल चलान गरिएको हो ।

अदालतको आदेश सँगै आजै उनीहरुलाई पक्राउ गरिएको हो । अदालतको आदेश प्राप्त नभएको भन्दै नेपाल प्रहरीले उनीहरुलाई पक्राउ गर्न सकेको थिएन ।

प्रहरीकाअनुसार पूर्व प्रहरी महानिरिक्षक ओमविक्रम राणा र हेमवहादुर गुरुङ, पूर्व एआईजीपी दिपकसिंह थाङ्देन र पूर्वडीआईजी दिपक श्रेष्ठलाई डिल्लीबजार कारगार चलान गरिएको छ ।

बुधबार सर्बोच्च अदालतमा आत्मसमर्पण गरेका उनीहरुलाई अदालतको आदेश बमोजिम जेल चलान गरिएको हो ।

सर्बोच्च अदालतका तत्कालिन प्रधान्यायाधीश सुशीला कार्कीको इजलालसले सुडानको डार्फरमा पठाइने एपिसी खरिदमा भ्रष्टाचार गरेको ठहर गर्दै जेल सजाय र बिगो असुल गर्ने फैसला सुनाएको थियो ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको