अर्थ संसार, मेलम्ची– सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–३, काउलेदोभानबाट अवैध काठ निर्यात गर्ने क्रममा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ ।
गएराति लुकाइ छिपाइ काठमाडौँ लैजाँदै गरेको एकसय क्युफिट काठसहित बा४ख २२७६ नं को मिनीट्रक इप्रका, मेलम्चीले नियन्त्रणमा लिएको हो ।
बिना इजाजतपत्र अवैध रूपमा काठ ओसारपसार गर्ने मेलम्ची नगरपालिका–५ सिन्धुकोटका ट्रक चालक वीरबहादुर पाख्रिन, सहचालक रामकृष्ण रोक्कासहित सन्दीप रोक्का पक्राउ परेका हुन् ।
रातको समयमा अवैध रूपमा काठ निकासी हुँदै गरेको सूचनाका आधारमा इप्रका, मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुङ्गानासहितको टोेलीले उक्त काठ बरामद गरेको हो ।
अवैध रूपमा चोरी निकासी हुने गरेको काठ, मदिराजन्य पदार्थ र लागुऔषधजस्ता गैरकानुनी वस्तुहरू पछिल्लो समय प्रहरीको सक्रियता बढेसँगै पक्राउ पर्न थालेका छन् । रासस
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस