खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणलाई साधारणस सेयर (आइपीओ) जारी गर्ने भएको छ । आइपीओ जारी गर्नेको लागि संस्थाले सोमबार प्रभु क्यापिटल लिमिटेडलाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । संस्थाले सर्वसाधारणका लागि १ करोड ३२ लाख रकम बराबरको १ लाख ३२ हजार कित्ता सेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको हो ।
सम्झौतामा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुरेश बहादुर बम तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक समितिमा अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र संचालक रणदेव कृष्ण श्रेष्ठको समुपस्थित रहेको थियो ।
कम्पनीको अधिकृत पूँजी १० करोड, जारी पूँजी ४ करोड र हाल संस्थापकहरुबाट चुक्ता पूँजी २ करोड ६८ लाख रहेको छ । सर्वसाधारणलाई शेयर निष्काशन पश्चात संस्थाको चुक्ता पूँजी ४ करोड रहनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस