Like us!
Follow us!
Connect us!
Watch us!

अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, माग पुरा गर्न मन्त्री सकारात्मक

अर्थ संसार

मंगलबार, २८ मंसिर २०७८, १५ : ५६ मा प्रकाशित

अर्थमन्त्री र लगानीकर्ताबीच भेटवार्ता, माग पुरा गर्न मन्त्री सकारात्मक

सेयर बजारका लगानीकर्ता र अर्थमन्त्री जनार्दन शर्माबीच आज (मंसिर २८ गते, मंगलबार) भेटवार्ता भएकाे छ । 

(लगानीकर्ताका सबै संघसंस्थाहरुको संयुक्त कार्यदल) पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका पदाधिकारीहरुले अर्थमन्त्रीजनार्दन शर्मासँग अर्थ मन्त्रालयमा भेट गरि पूँजी बजारको वर्तमान अवस्था, सेयर धितो कर्जा, धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्ती, ५८ बुँदेका बाँकी कामहरु र तत्काल गर्नु पर्ने सुधारका कार्यहरुको बारेमा सकारात्मक छलफल गरेका हुन् ।

छलफलका क्रममा अर्थमन्त्रीले आफु पूँजीबजारको दिगो विकास र बिस्तारको लागि लागिरहेको र कार्यदलले उठाएका मागहरु धितोपत्र बोर्ड र नेप्सेका प्रमुखको नियुक्तिसँगै पुरा गरिने विश्वास दिलाएका पूँजी बजार सुदृढीकरण बृहत कार्यदलका संयाेजक अम्बिका प्रसाद पाैडेलले बताएका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको