Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले घेराउ गरेपछि सेबोन अध्यक्षलाई निकाल्न प्रहरी परिचालन

अर्थ संसार

आइतबार, २६ असोज २०८२, २० : ५१ मा प्रकाशित

लगानीकर्ताले घेराउ गरेपछि सेबोन अध्यक्षलाई निकाल्न प्रहरी परिचालन

नेपाल धितोपत्र बोर्ड (सेबोन) परिसरमा लगानीकर्ताले गरिएको घेराउपछि अवस्था तनावग्रस्त बन्दै गएको छ। लगानीकर्ताले सेयर बजार सुधारका माग राख्दै बोर्डको मुख्य गेटमा तालाबन्दी गरेका छन् र अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई कार्यालयमै घेरेर राखेका छन्।

लगानीकर्ताले तत्काल ११ बुँदे माग कार्यान्वयन गर्नुपर्ने दबाब दिइरहेका छन्। माग पूरा नभएसम्म कार्यालय छोड्न नदिने चेतावनीसँगै बोर्ड परिसरमा स्थिति तनावग्रस्त बनेको हो।

स्थिति नियन्त्रणमा लिन प्रहरीले सेबोन कार्यालय वरिपरि बाक्लो सुरक्षा व्यवस्था गरेको छ। प्रहरीले अहिले बोर्ड अध्यक्ष श्रेष्ठलाई सुरक्षित रूपमा बाहिर निकाल्ने प्रयास गरिरहेको स्रोतले जनाएको छ।

लगानीकर्ताले राखेका मुख्य मागहरूमा आईपीओ र हकप्रद स्वीकृति रोक्ने, संस्थापक सेयर साधारणमा परिवर्तन तत्काल रोक्ने, एनआरएनलाई दोस्रो बजारमा प्रवेश गराउने, मार्जिन कारोबार स्वीकृति दिने, र सर्किट ब्रेकर परिवर्तन गर्ने लगायतका विषय छन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको