Like us!
Follow us!
Connect us!
Watch us!

२०% लाभांश पारित गर्न बुटवल पावरले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १३ : २६ मा प्रकाशित

२०% लाभांश पारित गर्न बुटवल पावरले डाक्याे साधारण सभा, बुकक्लाेज कहिले ?

बुटवल पावर कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे (मंसिर २८ गते, मंगलबार) बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे २९औँ वार्षिक साधारण सभा पाैष २६ गते साेमबार, कम्पनीकाे रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेबाट हुनेछ ।

सभामा कम्पनीको हिजाे (मंसिर २८ गते, मंगलबार) बसेको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १० प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । 

त्यसैगरी, कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पाैष ११ गतेदेखि पाैष २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, पाैष ८ गते, बिहीबारसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

61b99e5569781.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको