Like us!
Follow us!
Connect us!
Watch us!

MLBL, SIL र BPCL को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थ संसार

आइतबार, १७ पुस २०७९, ०९ : ०२ मा प्रकाशित

MLBL, SIL र BPCL को लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन

​महालक्ष्मी विकास बैंक,बुटवल पावर कम्पनी र सिद्धार्थ इन्सुरेन्सको लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीले पुस १८ गते एक दिनका लागि बुकक्लोज गरेका छन् । अर्थात  पुस १७ (आज ) गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीलेले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

महालक्ष्मी विकास बैंक

बैंककाे पाैष १ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि समेत गरी ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

उक्त लाभांश पारित गर्न  बैंकले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभा लैनचौर ब्यांवक्वेट  बिहान १० बजेदेखि सुरु हुनेछ । नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम MLBL रहेको छ। 

सिद्धार्थ इन्सुरेन्स

सिद्धार्थ इन्सुरेन्सले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट ९%  बोनस सेयर र कर प्रयोजनको लागि ०.४७५ नगद लाभांश वितरण गर्दैछ । उक्त प्रस्ताव पारित गर्न यस कम्पनीले पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । सभा नेपाल पर्यटन बोर्डको सभाकक्षमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम SIL  रहेको छ। 

बुटवल पावर कम्पनी

बुटवल पावर कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद गरी कुल १२.५ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियो। कम्पनीले पुस ३० गते कार्की ब्यान्क्वेटमा ११ बजे साधारण सभा आह्वान गरेको छ ।

नेप्सेमा यस कम्पनीको सिम्बोल /संक्षिप्त नाम BPCL  रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको