नेपालको अग्रणी जलविद्युत कम्पनी बुटवल पावर कम्पनी लिमिटेडले आफ्नो लगानी विस्तार गर्ने रणनीतिक निर्णय लिएको छ। कम्पनीले हिमाल पावर लिमिटेडको बहुमत सेयर किन्नका लागि असोज ९ गते बसेको सञ्चालक समितिको बैठकमा प्रस्ताव पारित गरेको हो।
यस निर्णयअनुसार बुटवल पावरले हिमाल पावरमा रहेका दुई प्रमुख विदेशी सेयरधनीको हिस्सेदारी खरिद गर्ने तयारी गरेको छ। कम्पनीले सिंगापुरस्थित Statkraft Holding Singapore Pte. Ltd. को नाममा रहेको करिब १ करोड ६८ हजार कित्ता सेयर र नर्वेस्थित Eviny AS को नाममा रहेको करिब ४५ लाख ९५ हजार कित्ता सेयर खरिद गर्नेछ।
नियामक निकायको स्वीकृति लिएपछि सेयर खरिद-बिक्रीको प्रक्रिया अघि बढाइने र स्वामित्व हस्तान्तरण पूरा हुने बुटवल पावरले जनाएको छ। यस कदमले बुटवल पावरलाई हिमाल पावरमा बहुमत स्वामित्वको आधार दिलाउनेछ।
हाल हिमाल पावरले ६० मेगावाट क्षमताको खिम्ती प्रथम जलविद्युत आयोजना सञ्चालन गर्दै आएको छ
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस