Like us!
Follow us!
Connect us!
Watch us!

२६ प्रतिशतले बढ्यो बुटवल पावर कम्पनीको नाफा, बिद्युत बिक्रि आम्दानी ४३ करोड

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ०६ : ३३ मा प्रकाशित

२६ प्रतिशतले बढ्यो बुटवल पावर कम्पनीको नाफा, बिद्युत बिक्रि आम्दानी ४३ करोड

बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि आएको छ । 

कम्पनीले सार्वजनिक गरेको उक्त विवरण अनुसार दोस्रो त्रैमाससम्ममा २२ करोड ८७ लाख १७ हजार रुपैयाँ नाफामा छ । यो नाफा गत वर्षको भन्दा २६ प्रतिशतले बढि हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले १८ करोड १४ लाख ६५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । 

कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी पनि १.९९ प्रतिशतले बढेर ४३ करोड १५ लाख ६५ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले विद्युत् बिक्रीबाट ४२ करोड ३१ लाख २२ हजार रुपैयाँ नाफा कमाएको थियो । 
 
हाल चुक्ता पुँजी ३ अर्ब ४० करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषको आकार १७ करोड ९१ लाख ९ हजार रुपैयाँ नकारात्मक रहेको छ । कम्पनीको वार्षिकृत प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७१ पैसा र प्रतिसेयर नेटवर्थ २०४.६४ रुपैयाँ रहेको छ ।

कम्पनीले प्रकाशन गरेको वित्तिय विवरणः

63e2f1a227137.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको