Like us!
Follow us!
Connect us!
Watch us!

कुन सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले सेयर बजारमा ठोकिदिए : ओली

अर्थ संसार

बुधबार, २९ मंसिर २०७८, १४ : २१ मा प्रकाशित

कुन सेयर कारोबारीले चन्दा दिएन होला, प्रचण्डले सेयर बजारमा ठोकिदिए : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष प्रचण्डले सेयर बजारको सम्बन्धमा दिएको अभिव्यक्तिको चर्को आलोचना गरेका छन्।

'प्रचण्ड लेलिन भन्दा पनि बढ्तै जान्ने भएछन, पुँजीवाद विकसित भएर साम्राज्यवाद बन्छ भनेर लेनिनले भनेका थिए, त्योभन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भयो भने पुँजी सेयर बजारमा जान्छ भनेर प्रचण्डले नयाँ थेसिस ठोकिदिए', ओलीले भने। ' कुनचाहिं सेयर कारोबारीले चन्दा दिएन होला अनि लौ जा त यो सेयर बजार नै ध्वस्त बनाइदिञ्छु भन्ने हिसाबले ना रहे बाँस ना बजे बाँसुरी भन्ने हिसाबले बोलिदिए', उनले थपे।

आफूले बोल्दा अर्थतन्त्रमा के असर पर्छ, जनतामा के असर पर्छ भन्ने हेक्का नराख्ने प्रवित्तिको उनले विरोध गरेका छन् । आफुले त्यति बोलेको भए घोर विरोध हुने, माइतिघर घेर्न नपुगेर आफ्नो घरै घेर्न आउनेस्थिति बन्ने सक्ने तर प्रचण्डले पुँजीबजार विरोधी भाषण गर्दा पनि कसैले आवाज नउठाएको भन्दै ओलीले खिन्नता व्यक्त गरेका छन् ।

आफूले कहिल्यै पनि त्यस्तो गैरजिम्मेवार अभिव्यक्ति नदिएको र नदिने उल्लेख गर्दै आफु सरकारमा रहँदा पुँजीबजारको विकास र सुधारको लागि पर्याप्त कामहरु गरेको पनि उनले बताए।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको