Like us!
Follow us!
Connect us!
Watch us!

‘माओवाद’ त्याग्दै नयाँ ‘वाम मोर्चा’, प्रचण्ड–माधवसहित ८ दलबीच १८ बुँदे सहमति

अर्थ संसार

आइतबार, १६ कार्तिक २०८२, १९ : ४१ मा प्रकाशित

‘माओवाद’ त्याग्दै नयाँ ‘वाम मोर्चा’, प्रचण्ड–माधवसहित ८ दलबीच १८ बुँदे सहमति

नेपालका प्रमुख वामपन्थी दलहरूबीच लामो समयदेखि चल्दै आएको एकता प्रयास ठोस चरणमा पुगेको छ। नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वटा कम्युनिष्ट दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।

शनिबार माओवादी केन्द्रको केन्द्रीय कार्यालय, पेरिसडाँडामा सम्पन्न छलफलपछि आठ दलबीच १८ बुँदे सहमति भएको हो। यस सहमतिपत्रमा वामपन्थी आन्दोलनलाई एकीकृत गर्दै देशमा स्थायी राजनीतिक स्थायित्व र समाजवादी दिशातर्फ अघि बढ्ने लक्ष्य उल्लेख गरिएको छ।

१८ बुँदे सहमतिको मुख्य अंश

सहमतिअनुसार नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद रहनेछ। यससँगै माओवादी केन्द्रले अब माओवादलाई मार्गदर्शक सिद्धान्तबाट हटाएर मार्क्सवाद–लेनिनवादलाई नै औपचारिक रूपमा स्वीकार गर्न सहमति जनाएको छ।

हालका लागि नयाँ पार्टीको नाममा सहमति भएको छैन, तर पार्टीको चुनाव चिन्ह पाँचकुने तारा रहने प्रस्ताव पारित गरिएको छ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, जनसमाजवादी पार्टीका अध्यक्ष सुवासराज काफ्ले, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, नेकपा महासचिव चिरन पुन, नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकी, र नेकपा (साम्यवादी) का अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन्।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकले केही दिनअघि नै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने प्रस्ताव पारित गरेको थियो। त्यसपछि शनिबार माओवादी केन्द्रले पनि समान निर्णय गर्दै एकतामुखी छलफल अघि बढाएको हो।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको