रुकुमपूर्व क्षेत्र नम्बर १ मा जारी मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाल कम्युनिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उल्लेखनीय अग्रता कायम गरेका छन्। सुरुवाती चरणदेखि नै मतगणनामा अगाडि देखिएका प्रचण्डले हालसम्म एक हजार चार सय पन्ध्र मत प्राप्त गरेका छन्।
त्यस क्षेत्रमा नेकपा एमालेका उम्मेदवार लीलामणि गौतम दोस्रो स्थानमा देखिएका छन्। उनले अहिलेसम्म चार सय एकतीस मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसकी उम्मेदवार कुसुमदेवी थापा भने तीन सय सतचालीस मतसहित तेस्रो स्थानमा रहनुभएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस