Like us!
Follow us!
Connect us!
Watch us!

'निष्पक्ष निर्वाचन भए हाम्रो पार्टी पहिलो शक्ति बन्छ'

अर्थ संसार

बुधबार, ०६ फागुन २०८२, १० : ३८ मा प्रकाशित

'निष्पक्ष निर्वाचन भए हाम्रो पार्टी पहिलो शक्ति बन्छ'

नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले भदौ २३ र २४ गतेका घटना तथा आगामी निर्वाचनबारे पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गरेका छन्।

२३ गते साँझ जेन्जी युवाहरूमाथि भएको नरसंहार र २४ गते वामपन्थी एवं लोकतान्त्रिक दलका घरमा भएको आगजनी र विध्वंसलाई उनले गम्भीर रूपमा लिन आग्रह गरेका छन्। ती घटनाको तत्कालै विरोध गरिएको उल्लेख गर्दै उनले सम्बन्धित पक्षले गल्ती स्वीकार गरी आत्मसमीक्षा गर्नुपर्नेमा जोड दिएका छन्। गल्ती स्वीकार नगर्ने प्रवृत्तिले भविष्यमा यस्ता घटना पुनः दोहोरिन सक्ने चेतावनी दिँदै उनले २४ गतेको विध्वंस नेपाललाई नियन्त्रणमा राख्न चाहने बाह्य शक्तिको इसारामा भएको दाबी गरेका छन्।

हाल देशमा तीन प्रकारका प्रवृत्तिबीच तीव्र संघर्ष चलिरहेको र यसलाई एक प्रकारको 'जनमत संग्रह' को संज्ञा दिँदै उनले देश जलाउने, हिंसा फैलाउने र दमन गर्ने शक्तिविरुद्ध सशक्त अभियान आवश्यक रहेको बताएका छन्। निर्वाचनका सन्दर्भमा भइरहेका 'फिक्सिङ' का चर्चाहरूलाई खण्डन गर्दै उनले निष्पक्ष निर्वाचन भएमा देशभरको रिपोर्टका आधारमा आफ्नो पार्टी नै पहिलो शक्ति बन्ने दाबी गरेका छन्। देशलाई दुर्घटनाबाट बचाउन र सुशासन, सामाजिक न्याय एवं समृद्धिको मार्गमा अघि बढ्न समाजवादको संकल्पका साथ पार्टी अघि बढिरहेको उनको भनाइ छ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको