खप्तड लघुबित्त बित्तीय संस्था लिमिटेडले आईपिओ निष्काशनको प्रस्ताव सहित साधारण सभा आह्वान गरेको छ । मंसिर २६ गते बसेको सञ्चालक समिती बैठकले कम्पनीको दास्रो साधारणसभा होटल नमस्ते अत्तरिया कैलालीमा पुस २४ गते बिहमन ११ बजेबाट गर्ने निर्णय गरेको छ ।
सभाले प्राथमिक सेयर (आईपिओ) निष्कासन गर्ने प्रस्तावका साथै अध्यक्षद्धारा प्रस्तुत आर्थिक वर्ष ०७७/७८ को वार्षिक प्रतिवेदन लेखा परीक्षकको प्रतिवेदन सहितको आ.व. ०७७/७८ को वासलात, नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाहको विवरण तथा सम्बन्धित अनुसुचिहरु र कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आ.व. २०७८/७९ को लागि लेखापरिक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्ने छ ।
संस्थामा अन्य लघुवित्त वित्तीय संस्था वा अन्य लघुवित्त वित्तीय संस्थामा यस वित्तीय संस्था गाभ्ने गाभिने वा प्राप्ति (Acquisition) गर्ने सम्बन्धमा मर्जर प्राप्ति समितिको गठन गर्ने, उपयक्त संस्था संग सम्झौतापत्रमा हस्ताक्षर (Memorandum of Understanding) गर्ने, सम्पती तथा दायित्वको मुल्यांकन (Due Diligence Audit) गर्ने गराउने, शेयर आदन प्रदान अनुपात तय गर्ने, गाभ्ने गाभिने वा प्राप्ति गर्ने सम्बन्धमा अन्तिम सम्झौता गर्ने लगायतका आवश्यक सम्पुर्ण कार्य गर्न सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने सम्बन्धमा । यस वित्तीय संस्थाको आ व २०७६/७७ र २०७७/७८ मा भए गरेका कारोबार तथा सम्पूर्ण काम कारबाहीहरुको अनुमोदन गर्ने सम्बन्धमा। वित्तीय संस्थाको प्रबन्धपत्र र नियमावलीको संशोधनमा नियमनकारी निकायहरुबाट कुनै फेरबदल गर्न सुझाव वा निर्देशन प्राप्त भएमा सो बमोजिम आवश्यकतानुसार थपघट, परिमार्जन, संशोधन र सच्याउन बित्तीय संस्थाको सञ्चालक समितिलाई पुर्ण अख्तियारी प्रदान गर्ने बिशेष प्रस्ताव पारित गर्ने छ ।
कम्पनीको सूचना यस्तो छः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस