मन्जुश्री फाइनान्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ ।
फाइनान्सको पुस ७ गते, बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको चौधौँ वार्षिक साधारण सभा पुष २९ गते विहिबार, फाइनान्सको केन्द्रिय कार्यलय, नयाँबानेश्वर काठमांडौमा बिहान ११ः०० बजेदेखि सुरू हुनेछ ।
सभामा फाइनान्सको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ६ प्रतिशत नगद गरी कुल ४६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
त्यसैगरी, फाइनान्सले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि पुस १५ गतेदेखि बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले प्रकाशन गरेको सूचनाः
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस