Like us!
Follow us!
Connect us!
Watch us!

ज्योति विकास बैंक सहित ३ कम्पनीको सेयर मूल्य समायोजन, मूल्य कति ?

अर्थ संसार

शुक्रबार, ०९ पुस २०७८, ०६ : ४२ मा प्रकाशित

ज्योति विकास बैंक सहित ३ कम्पनीको सेयर मूल्य समायोजन, मूल्य कति ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज ज्योति विकास बैंक सहित ३ कम्पनीको सेयर मूल्य समायोजन भएको छ । ज्योति विकास बैंक, एनएमबि लघुवित्त र सुर्य लाईफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर पछि सेयर मूल्य समायोजन भएको हो । 

कम्पनीहरुले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि पौष ९ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेका थिए । त्यसैले पौष ८ गते बिहिबारसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्सें) मा कारोबार भइ कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

ज्योति विकास बैंक लिमिटेडको ११ प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ४ सय ३ रूपैयाँ १५ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ४ सय ४७ रुपैयाँ ५० पैसाका आधारमा मूल्य समायोजन गरेको हो ।

बैंकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट बैंकका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको ११ प्रतिशतका दरले बोनस सेयर र कर प्रयोजनार्थ समेत गरी ४.५ प्रतिशत नगद सहित कुल १५.५ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।  

बैंकको बीसौँ वार्षिक साधारण सभा पौष २३ गते, लिसारा रिसेप्सन नक्साल, काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

एनएमबि लघुवित्त वित्तिय संस्था लिमिटेडको २१.५० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता १ हजार ५० रूपैयाँ ५३ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य १ हजार २ सय ८० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

संस्थाले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको २१.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.१३ प्रतिशत नगद गरी कुल २२.६३ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।  

संस्थाको ९ औँ वार्षिक साधारण सभा पौष २६ गते, होटल पोखरा ग्रान्ड पोखरामा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

सुर्य लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १२.७० प्रतिशत बोनस सेयर पछि नेप्सेले प्रतिकित्ता ६ सय ३८ रूपैयाँ ८६ पैसा कायम हुने गरी सेयरमूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबारको अन्तिम कारोबार मूल्य ७ सय २० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई वितरणको प्रस्ताव गरेको चुक्ता पूँजीको १२.७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६६८४ प्रतिशत नगद गरी कुल १३.३६८४ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको थियो ।  

कम्पनीको तेहौँ वार्षिक साधारण सभा पौष १९ गते, होटल ह्यारिसन प्यालेस विराटनगरमा बिहान ११ बजेदेखि सुरू हुनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको