माउण्ट एभरेष्ट पावरको आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलले आज बिहान ८:३० बजे सेयर बाँडफाँड सम्पन्न भएको हो ।
कम्पनीको सेयर १ लाख ४२ हजार ७६० जनालाई १४ लाख २७ हजार ६ सय कित्ता सेयर परेको छ । कम्पनीले असर ३ देखि असार ८ गतेसम्म सर्वसाधारणलाई १४ लाख २७ हजार ६ सय कित्ता शेयर निष्काशन गरेको थियो।
नेपाल धितोपत्र बोर्डले वैशाख २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले सोलुखुम्बुमा १२ मेगावाट क्षमताको दुधकुण्ड खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ साउनदेखि विद्युत उत्पादन गरिरहेको छ ।
कम्पनीको आइपीओ रिजल्ट सिडिएसको वेवसाईट https://iporesult.cdsc.com.np/
क्यापिटलको वेवसाईट https://iporesult.cdsc.com.np/ मार्फत हेर्न सकिनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस