Like us!
Follow us!
Connect us!
Watch us!

बीमा कम्पनीहरुको चुक्ता पूँजी बढाउनुपर्छ : अध्यक्ष, बीमा समिति

अर्थ संसार

आइतबार, ११ पुस २०७८, १४ : २४ मा प्रकाशित

बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालले नेपालका बीमा कम्पनीहरुको व्यवसायको दायरा बढ्दै गएकाले हाल कायम पुँजी अपर्याप्त रहेको बताएका छन् ।  अर्थसंसारसँग कुरा गर्दै उनले पुँजी कम हुँदा बीमा कम्पनीहरुको जोखिम बढ्ने भएकाले कसरी बीमा कम्पनीहरुको चुक्ता पुँजी बढाउने भनेर छलफल भैरहको बताएका छन् ।  

आफूहरु सकेसम्म बोनस सेयर र मर्जरबाटै पुँजी बढाउने  तयारीमा रहेको पनि उनले बताए । कम्पनीहरुलाई हकप्रद निष्कासन गर्न दिँदा त्यसले बजार खल्बल्याउने भन्दै उनले राम्रो आम्दानी भएका र रिजर्भमा पैसा भएका बीमा कम्पनीहरुलाई बोनस मार्फत पुँजी बढाउन दिईने र  भने बोनस मार्फत पुँजी बढाउन नसक्ने कम्पनीहरुलाई मर्जमा जान प्रोत्साहन गरिने बताएका छन् ।   

अर्थसंसारको कार्यक्रम अर्थसंसार टकसँगको कुराकानीमा अध्यक्ष सिलवालले भने "अहिलेको बजार र व्यवसाय हेरेर बिमा कम्पनीहरुको पूँजी कम छ उनीहरुको पूँजी वृद्धि गर्नु आवश्यक छ तर कम्पनीहरुको पूँजी वृद्धिका लागि समितीले पहिलो प्राथमिकतामा बोनस सेयर र मर्जरको प्रस्ताव राखेको छ हकप्रदका कारण बजारमा चलखेल बढ्ने हुँदा सकेसम्म समितीले हकप्रदलाई प्राथमिकतामा राखेको छैन ।" 

भिडियाे पनि हेर्नुहाेस् :

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको