Like us!
Follow us!
Connect us!
Watch us!

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, ०७ : २७ मा प्रकाशित

सन्तोष साहले जिते बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’

बेलायतमा कार्यरत नेपाली सेफ सन्तोष साहले अर्को विश्वविख्यात उपाधि जितेका छन् । बीबीसी वानमा सोमबार साँझ प्रसारित फाइनलमा सेफ साहले अन्य तीन प्रतिस्पर्धीलाई उछिनेर बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका हुन् ।

सिरहाका ३४ वर्षीय शाहले मौलिक परिकार कुखुराको तीते, बिरिया, तिलौरी, सात किसिमको तरुवा, भात, मासको दाल, गोलभेँडाको चट्नी, कटहर पोलेको, मालपुवा, बुनियाजस्ता विभिन्न नेपाली परिकार प्रस्तुत गरेका थिए । विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टलाई पुनः अवसर दिँदै सो प्रतिस्पर्धा गराइएको हो ।

प्रतिस्पर्धामा सन् २०१७ का फाइनलिष्ट जेमी पार्क र सन २०२० का फाइनलिस्ट सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली सहभागी थिए । साहले भविष्यमा सेन्टर लण्डनमा नेपाली परिकारका खानासहितको रेष्टुरेन्ट खोल्ने घोषणा गरेका छन् ।

उनले नेपालका विभिन्न भेग तथा जातजातिका मौलिक खाना तथा मसलाको अध्ययन गरेर 'आयला' नामको पुस्तकसमेत प्रकाशन गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको