Like us!
Follow us!
Connect us!
Watch us!

मोदी सरकारले किन गर्याे मोदर टेरेसाको चेरिटीको बैंक अकाउन्ट बन्द ?

अर्थ संसार

मंगलबार, १३ पुस २०७८, ११ : ०५ मा प्रकाशित

मोदी सरकारले किन गर्याे मोदर टेरेसाको चेरिटीको बैंक अकाउन्ट बन्द ?

भारत सरकारले मोदर टेरेसाको पश्चिम बंगालस्थित मिसिनरिज अफ चेरिटी (एमओसी) को बैंक अकाउन्ट बन्द गरेको छ । दक्षिणपन्थी हिन्दु समूहहरुले देशका विभिन्न स्थानमा क्रिसमसका कार्यक्रमहरुलाई विथोलेको विवरण सार्वजनिक भइरहेका बेला एमओसीको अकाउन्ट बन्द गरिएको हो । हिन्दूबादी विशेषगरी मोदीको उत्तर प्रदेशस्थित मोदीको निर्वाचन क्षेत्रमा क्रिश्चियनविरुद्ध जाइलागेका छन् । आगामी फ्रेब्रुबरीमा उत्तर प्रदेशमा विधान सभा निर्वाचन हुँदैछ । 

दान दिने नाममा मिसिनरिज अफ चेरिटीले धार्मिक कार्यक्रम सञ्चालन गरेर गरीब हिन्दु तथा अल्पसंख्यक जनजातिलाई पैसा र निःशुल्क शिक्षा तथा आवास प्रदान गरेको भन्दै मोदीको भारतीय जनता पार्टी (भाजपा)ले चेरिटीको विरोध गर्दै आएको छ । 

इजाजत नविकरणका लागि चेरिटीले गरेको निवेदन अस्वीकार गरिएको गृहमन्त्रालयले जनाएको छ । इजाजत नविकरण नभए चेरिटीले विदेशवाट कानुनी रुपमा रकम निकास गर्न सक्दैन् । चेरिटीको निवेदन नविकरणलाई मनन गर्दा ‘प्रतिकूल परिणाम’ देखिएको मन्त्रालयले जनाएको छ । यसबारे मन्त्रालयले प्रष्ट रुपमा उल्लेख गरेको छैन् ।

ममता बनर्जीकाे विराेध

मदर टेरेसाको मिसिनरिज अफ चेरिटीको बैंक अकाउन्ट बन्दको खबरले आफू चकित परेको पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छिन् । ‘अकाउन्ट बन्द हुँदा २२ हजार विरामी र कर्मचारी खाना र औषधीबाट बन्चित भएका छन् । मानवीय प्रयत्नसँग कुनै पनि सम्झौता गर्न सकिदैन्,’ मोदी सरकारको प्रमुख आलोचकसमेत रहेकी बनर्जीले ट्विट गरेकी छिन्

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको